नेपाली काङ्ग्रेसको जारी महाधिवेशन प्रक्रियामा देखिएका नवीन–नवीन दृश्य हेर्दै कन्टिर–बाबू रमाइलो मान्दै थिए । तर पछिल्लो समय सर्वाधिक प्रचारित एउटा भाइरल प्रसङ्गबारे सोच्दा–सोच्दै कन्टिर–बाबू गम्भीर बनेका छन् ।
कन्टिर–बाबूका दुःख पनि अनेक छन् । यिनले भाँति–भाँतिका मानिस भेट्नुपर्छ । भेट्नुमात्र पर्दैन यस्ता भाँति–भाँति मनुवाका भाँति–भाँति गन्थनको साक्षी पनि भइदिनु पर्छ । सुन्न पट्यार लागे पनि तिनका सन्तोषका लागि सुनिदिनु पर्छ ।
अपेक्षा गरिएअनुरूप नै अन्ततः नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ठूलो मतान्तरले विश्वासको मत प्राप्त गरेका छन् । संविधानको धारा ७६ को ५ अनुसार गठित देउवा सरकारले एक सय ६५ सांसदको विश्वास प्राप्त गरेको छ भने ८३ जना सांसदले देउवामाथि विश्वास गरेनन् । एकजनाले भने स्वयंलाई कतै पनि प्रस्तुत् नगरी तटस्थता प्रदर्शन गरे ।
कन्टिर–बाबूलाई उनका धेरै शुभचिन्तकले सोधिरहेका छन् सत्तामा नजाउन्जेलसम्म् मात्र त हो नि, नत्र ‘देउबा’ र ‘ओलीबा’मा के अन्तर छ ? वास्तवमा कन्टिर–बाबू यो प्रश्नको जवाफ दिन सकिरहेका छैनन् ।
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौँ पटक देशको प्रधानमन्त्री बनेका छन् । देउवा सम्भवतः नेपालको सबैभन्दा बढीपटक प्रधानमन्त्री बन्ने व्यक्ति हुन् ।
सर्वोच्च अदालतको सोमबारको परमादेशपछि देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्न सम्भव भएको हो । अदालतको यसै आदेशपछि करिब दुई–तिहाइको बहुमतप्राप्त सरकारको नेतृत्व गरिरहेका नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको सत्ता बहिगर्मन पनि निश्चित भएको हो ।
देश र समाजलाई जोड्ने र तोड्ने सम्बन्धमा शास्त्रीय रूपमा संयोजक (कनेक्टर) र विभाजक (डिभाइडर)को भूमिका निकै महत्त्वपूर्ण हुने कुरा कन्टिर–बाबूले बडो राम्ररी बुझेका छन् । तर कुनबेला कुन कुराले संयोजक र कुन कुराले विभाजकको भूमिका निर्वाह गर्छ भन्ने कुराचाहिँ अवस्था र परिवेशमा भर पर्ने कन्टिर–बाबूको ठहर छ ।
तराई–मधेसमा एक लोकोक्ति बडो प्रचलित छ– जाने मधेसिया तोरे इमान ! जब कुनै व्यक्तिमाथि संशय हुँदाहुँदै पनि विश्वास गर्नुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना हुन्छ भने प्रायः यो लोकोक्तिको प्रयोग गर्ने गरिन्छ ।
कन्टिर–बाबू बजेट घोषणा भएको दिनदेखि बडो छक्क परिरहेका छन् । अरे लोकप्रिय बन्ने नाममा, कार्यकर्ता पाल्ने नाममा, सत्तामा बसेर चुनाव जित्ने नाममा जे पनि गर्ने ? मिल्छ यसो गर्न ?
चुरे–भावर क्षेत्रको सुरक्षा र संरक्षण गरिनुपर्छ भन्ने विगत वर्षहरूदेखि कुरा उठ््दै आएको हो तर यस दिशामा पछिल्ला कुनै पनि सरकारले कुनै ठोस कार्य गर्न नसकेको विडम्बनापूर्ण परिस्थिति कन्टिर–बाबूले देखी–भोगी आएका छन् ।
रोपे पेड बबुरका आम कहाँ से पाए ? मधेसमा निकै लोकप्रिय यो लोकोक्ति कन्टिर–बाबू पनि बेलाबखत सम्झिन्छन् । यसको सामान्य अर्थ हुन्छ– रूख भने बबुर (काँडायुक्त पोथ्रा)को रोप्ने अनि फलचाहिँ आँप फलोस् भनी अपेक्षा गर्ने । यस्तो कसरी सम्भव हुन्छ ? कुरो क्लियर छ, जेको फल खाने इच्छा छ, बिरुवा त्यसकै रोप्नुपर्छ ।
हास्य–व्यङ्ग्यका क्षेत्रमा आफ्नो भविष्य अर्थात् क्यारियरका लागि सङ्घर्ष गरिरहेका प्रदेश २ बाराका आदर्श यतिखेर पिता विनोदको असामयिक देहावसानका कारण शोक र पीडा बेहोर्न बाध्य छन् । कन्टिर–बाबू अमर आत्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक–सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्छन् ।
नेपालको पछिल्लो राजनीतिक गतिविधिको सूक्ष्म विश्लेषण गर्ने हो भने प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिशोधको राजनीति गरिरहेका छन् भन्न सकिन्छ । यसो भन्न सकिने पर्याप्त आधार छन् पनि । उनको प्रतिशोध वैचारिकरूपमा फरक प्रतिपक्षीभन्दा आफ्नैजस्तो विचारवाहक ‘सगोत्री’अर्थात् कम्युनिष्ट विचारधाराका दल र व्यक्तिहरूसँग हो भनेर भनियो भने फरक पर्दैन । तर, दुखका साथ भन्नुपर्छ उनको प्रतिशोधपूर्ण राजनीतिक व्यवहारको प्रभाव उनका खास ‘लक्ष्य’सम्ममात्र सीमित नरही सम्पूर्ण देश र जनतामाथि पर्ने निश्चित छ ।
खासमा कन्टिर–बाबूलाई आज केही लेख्ने कुनै मुड नै चलेको छैन । घुमिफिरी त्यही पोलिटिक्स अर्थात् राजनीति अनि त्यही ओलीटिक्स अर्थात् ओल्बा–कृत्यका बारेमा कति लेख्नु ?
कहीँ नभएको जात्रा त्यो गाउँमा भनेको सुनेर कन्टिर–बाबूले एक जना बुजुर्गलाई सोधे– त्यो भनेको के हो बा ? बुजुर्गले भने– त्यो गाउँमा जस्तो जात्रा हुन्छ, त्यस्तो जात्रा संसारमा अन्त कतै पनि हुँदैन भन्थे पुर्खाले, त्यही उखान सम्झेको नि !
हिन्दी भाषामा एक उखान छ– आसमान से गिरा, खजुर पे अटका । नेपाली भाषामा यसको सामान्य अनुवाद हुन्छ– आकाशबाट झरेर खजुरको बोटमा अडकिनु । यसको भावार्थ हुन्छ– एउटा समस्याबाट पार पाउन सकिएको छैन, अर्काे समस्या खडा भइसकेको हुन्छ ।
महान् पाठक–पाठिका सबैलाई थाहा होला कन्टिर–बाबू प्रेस, सूचना, विचार तथा अभिव्यक्ति स्वतन्त्रताका कुन हदसम्मका पक्षपाती हुन् ।
नेपालमात्रै होइन विश्वकै कुनै पनि ठाउँमा स्वतन्त्रतामाथि आघात पुग्छ भने कन्टिर–बाबू त्यसलाई आफ्नो सरोकारको विषय ठान्छन् । भारतको सन्दर्भप्रति त कन्टिर–बाबू अझै बढी संवेदनशील हुन्छन् । कारण, नेपालले बढी देखासिकी गर्ने भनेकै भारतीय समाजको हो ।
हिँ हिँ हिँ कन्टिर–बाबू नेपाली राजनीति र नेताहरूको ताल देखेर बेला–बेलामा हास्न त हित्का छोडेरै हाँस्थे । तर यो हिँ हिँ हिँ यति चाँडै भाइरल होला भन्ने थिएन । तर कन्टिर–बाबू सुरुमा यो हाँसोको होइन, त्यसको कारकबारे बारे केही टिप्पणी गर्ने प्रयत्नमा छन् ।
नेपाल देशको राजनीतिक जीवनमा आजको दिन बडा महत्त्वपूर्ण छ । विपक्षीले सांसदको धार्नी पु¥याउन सक्ने हुन् कि होइनन् ? पुगे त ओल्बा कुर्सीबाट ओर्लने सम्भावना बढ्छ, होइन नेपाली जनताको घाँटीमा अड्केको खिचखिच यथावतै रहनेछ ।
यस्तो बेला हिन्दीको एउटा उखान सम्झन्छन् कन्टिर–बाबू– ढाक के तीन पात ! तर यो त पुरानै कुरा हो । सत्ताको बिजगणित विश्लेषणका सन्दर्भमा कन्टिर–बाबूलाई नयाँ–नयाँ उखान–टुक्का फुर्दै छ, आज बिहानैदेखि ।
जतिसुकै तर्क–वितर्क गरे पनि सरकारको क्षमता मूल्याङ्कन कठिन समयमै हुने हो । सहजतामा त देश आफैँ चलिहाल्छ नि ! यो भनाइसँग कन्टिर–बाबू पूर्णतः सहमत छन् । वास्तवमा अप्ठेरोमा नै हो व्यक्तिलाई सहयोग र भरथेग चाहिने हो, सजिलो अवस्थामा त जनता आफैँ काबिल छँदै छन् नि !