Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०६ बैशाख २०८१

सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै

हाम्रो बुलेटिन आइतबार, ०२ बैशाख २०८१

सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको अन्योल कायमै छ । सरकारको नेतृत्व’bout नयाँ सत्ता समीकरणका साझेदार दलबीच अझै ठोस निर्णय भइसकेको छैन । मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेको अन्तिम समयसीमा नजिकिँदै गर्दा शनिबारसम्म सुदूरपश्चिम प्रदेशसभामा रहेका कुनै पनि दलका प्रदेशसभा सदस्यले दाबी पेस गर्न सकेका छैनन् ।

जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न

हाम्रो बुलेटिन शुक्रबार, ३० चैत २०८०

जिल्ला स्तरको महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम शुक्रबार आज साँफेबगरमा सम्पन्न भएको छ । समविकास नेपाल साँफेबगर शाखाको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । दुई दिने कार्यक्रममा महिलाहरुले आफनो शरिरलाई कसरी स्वास्र्थ राख्ने,आफनो लागी समयको व्यवस्थापन कसरी गर्ने,मानसिक रुपमा हुने तनावलाई कम गर्न कस्ता किसिमका क्रिर्याकलापहरु गर्ने ,आफैलाई खुसी कसरी पार्न सकिन्छ, आफनो सुरक्षा कसरी गर्ने भन्ने लगाएतका विषयमा जानकारी गराईएको थियो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा

हाम्रो बुलेटिन बिहिबार, २२ चैत २०८०

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा