Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १६ बैशाख २०८१

अफगानिस्तान भूकम्प : कम्तीमा २ हजार जनाकाे ज्यान गयाे, ९ हजारभन्दा धेरै घाइते

अफगानिस्तान भूकम्प : कम्तीमा २ हजार जनाकाे ज्यान गयाे, ९ हजारभन्दा धेरै घाइते

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या दुई हजार जना पुगेको छ । हिजो शनिवार गएको भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा दुई हजार जना पुगेको र नौ हजार जनाभन्दा धेरै घाइते भएका तालिबानका अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

इरानको सीमा नजिकै रहेको पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा केन्द्रविन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो । त्यहाँ कम्तीमा तीन वटा शक्तिशाली परकम्प समेत गएका छन् ।

भूकम्पका कारण धेरै भवनहरू क्षतिग्रस्त भएका छन् । मानिसहरू भग्नावशेषमा फसेका छन् । ज्यान गुमाउनेको सङ्ख्याको विवादास्पद विवरणहरू प्राप्त भइरहेको तर सयौँको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । तालिबान अधिकारीहरूले खोज तथा उद्धार र राहतका लागि विश्वव्यापी रूपमा आग्रह गरेका छन् ।

प्रतिक्रिया