Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०४ बैशाख २०८१

भित्री तागतको खेलोमेलो, जहीँको त्यहीँ कुरो

भित्री तागतको खेलोमेलो, जहीँको त्यहीँ कुरो

नेपाल देशको राजनीतिक जीवनमा आजको दिन बडा महत्त्वपूर्ण छ । विपक्षीले सांसदको धार्नी पु¥याउन सक्ने हुन् कि होइनन् ? पुगे त ओल्बा कुर्सीबाट ओर्लने सम्भावना बढ्छ, होइन नेपाली जनताको घाँटीमा अड्केको खिचखिच यथावतै रहनेछ ।

यस्तो बेला हिन्दीको एउटा उखान सम्झन्छन् कन्टिर–बाबू– ढाक के तीन पात ! तर यो त पुरानै कुरा हो । सत्ताको बिजगणित विश्लेषणका सन्दर्भमा कन्टिर–बाबूलाई नयाँ–नयाँ उखान–टुक्का फुर्दै छ, आज बिहानैदेखि ।

एउटै धुनीका जोगीहरू नमिलेर मठै उजाडिन बेर छैन ।

गण्डकीको भूत वाग्मतीमा सरे, भूत आखिर भूतै हो नपछुताउनु अरे !

तर बज्रस्वाँठहरूका सवालमा जतिसुकै नयाँ उखान भने पनि काम नगर्ने देख्दै छन् कन्टिर–बाबू । अरूले काम गरेन भनेर स्वर खाप्ने हरिल्वाँठहरू मौका आउँदा आफूहरू मिलेर गर्ने समय पनि त्यसै हुसाउलान् जस्तो छ । न मिलेर कोल घुमाउँछन्, न तोरी आफैँ पिना बन्छ !

अरे यार, रापका तर्फबाट विधानअनुसार दलहरूलाई आज राति नौ बजेसम्मको डेडलाइन सनाखत भएको छ, बहुमत पु¥याएर देखाउन । रापबाट किन तीन दिनकै समय दिइयो ? किन राति नौ बजेको साइत कुरियो ? कन्टिर–बाबूका मनमा यस्तै प्रश्न उठेका त छन् तर उनी अहिले यसबारे चर्चा गर्न चाहँदैनन् ।

जहाँसम्म उल्लिखित उखानको कुरो छ, अहिलेको राजनीतिक अवस्थासँग हुबहु मेल खाइरहेकै छ । अरे यार ओल्बाको एकलकाँटे पारा मिलेन भनेर मात्रै हुन्छ ? यता मेलो मिलाउनेहरूको गन्ती पुग्नुपरेन ?

गन्ती त्यसबेलासम्म पूरा हुँदैन जबसम्म ओल्बा समर्थकबाहेक सबै एक ठाउँमा आउँदैनन् । तर कन्टिर–बाबू बूढा खेतालाहरूको चालामाला र पारा देखेर आजित छन् । उनी अर्को एउटा उखान सम्झिन्छन्– घामट खेलाताहरू न बारी छोड्छन्, न मेलो गोड्छन् ।

नयाँ–नयाँ उखानङटुक्का खोज्ने जिम्मा ओल्बालाई मात्र कति लगाउनु ? आज कन्टिर–बाबू त्यसैको साटो फेर्ने प्रयत्नमा छन् । गण्डकीको भूत वाग्मतीमा सरे, भूत आखिर भूतै हो नपछुताउनु अरे !

त्यसमाथि, कन्टिर–बाबू अस्तिदेखि नै ‘भ्यागुताको धार्नी’वाला टुक्का फलाकिरहेका छन् । आज पनि कुरो जहाँको त्यहीँ छ । ओल्बाको विपक्षमा बहुमत पुग्न नसक्ने सम्भावना किन व्यक्त गरिँदै छ ? ओल्बाको भित्री तागत र खेलोमेलो के हो ? सांसदको धार्नी किन पुग्न सकिरहेको छैन ?

महन्थले त प्रधानमन्त्री पाए पनि खान्न भने रे, किन होला ? आखिर महन्थ–राजेन्द्र र ओल्बाको सम्बन्धमा फेबिकोल कसरी लाग्यो, कसले लगायो ? कन्टिर–बाबूलाई लाग्छ यी प्रश्नहरूको उत्तरको सम्बन्ध माथिका उखानहरूभित्र छ । एउटै धुनीका जोगीहरू नमिलेर मठै उजाडिन बेर छैन । कि कसो ‘मठाराम’ ?

प्रतिक्रिया