Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

मुख्य समाचार

मन्त्रीबाट पदमुक्त भएका यी सात भाइले अझै छाडेनन् मन्त्री क्वार्टर, अझै मन्त्री बन्ने आश !

मन्त्रीबाट पदमुक्त भएका यी सात भाइले अझै छाडेनन् मन्त्री क्वार्टर, अझै मन्त्री बन्ने आश !

जेठ ६ गते नै मन्त्रीको जिम्मेवारी खोसिएका ७ मन्त्रीले अझै मन्त्रिनिवास छोडेनन् । मन्त्रीबाट पदमुक्त भएको आज ११ दिन भैसक्दापनि उनीहरुले क्वार्टर नछोडेको पाईएको छ । उनीहरु पूनः नियुक्तीको आशामा रहेको बुझिएको छ। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले अझैसम्मपनि उनीहरुलाई पूनः नियुक्ती गर्ने तयारी नगरेको उच्च स्रोतको दाबी छ । सर्वोच्च अदालतले गैरसांसद सात मन्त्रीलाई पदमुक्त गर्ने आदेश दिएको आज दुई साता बित्न लाग्दापनि मन्त्रिक्वार्टर नछोड्नु लाजमर्दो भएको भन्दै अहिले सार्वजनिक रुपमै आलोचना भैरहेको छ ।

घटेनन् संक्रमित, परिक्षण र कन्ट्याक्क  ट्रेसिंङ्गमा बेवास्ता

घटेनन् संक्रमित, परिक्षण र कन्ट्याक्क ट्रेसिंङ्गमा बेवास्ता

अछाममा समुदायमा कोरोना संक्रमण तिव्र गतिमा फैलिन थालेको छ । बैशाख १९ गते देखि निषेधज्ञा जारी गरेपनि संक्रमितहरु घटेका छैनन् । दोस्रो लहरको कोराना भाइरसको संक्रमण अछामका गाउगाउसम्म पुगेको छ । गाउका चिया पसल , किराना पसल , निषेधज्ञा पालना नगरी हुल बाधेर हिडेका कारण संक्रमित बढिरेको स्थानीय बताउछन् । ‘स्वाब दिएपछि छुट्टै बस्नुको साटो सबैसंग घुलमिल भइरहेका हुन्छन् । अनसगमन गर्ने निकाय कोहि छैन’ मंगलसेन नगरपालिका ५ का राजेश भाट भन्छन् ,‘ कोरोना संक्रमित कत भए , मृत्यु कतिको भयो भनेर सबै निकाय संख्या गनेर बसेका छन् । संक्रमण के कारणले तिव्र गतिमा फैलिएको छ भन्ने बारे कसैलाई मतलब छैन ।’

पौष्टिक खाना पाउँदैनन आइसोलेसनका संक्रमित

पौष्टिक खाना पाउँदैनन आइसोलेसनका संक्रमित

मंगलसेन नगरपालिमा –५ की ३४ वर्षीया महिला र उनका श्रीमानलाई दुइ साता अघि कोरोना संक्रमण भयो । १७ दिनसम्म उनी जिल्ला अस्पतालको आइसोलेसन वार्डमा बसिन् ।  श्वास्प्रश्वासमा समस्या आएपछि उनका श्रीमान्लाई अक्सिजन दिनु पर्यो । स्वास्थ्यकर्मी बाट उपचार पनि राम्रै  भयो । तर , खानपिन राम्रो नभएर दुवै जना कमजोर हुदै गए ।  ‘ बिहान चिया बिस्कुट दिन्थे ।  ११ बजेतिर खाना अनि साझ खाना दिन्थे । मासुको त के कुरा दिउसो चियासम्म हुँदैन’ उनकी श्रीमतीले भनिन् ,‘ हाम्रा बुढाबुढी दुवैलाई कोरोना भयो । घरमा ससना केटाकेटी मात्र छन् । बाहिर बाट खाना ल्याइदिने पनि कोहि भएनन् । कोरोनाले गर्दा गम्भिर बिरामी भएको बेला राम्रो खाना नपाउदा झन् कम्जोर भइयो ।’