Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

मुख्य समाचार

सहायक प्रजिअ तिमिल्सैना नेतृत्वको एक टोलि द्धारा जयागढबजार अनुगमन, ५ पसललाई ३० हजार जरिबाना

सहायक प्रजिअ तिमिल्सैना नेतृत्वको एक टोलि द्धारा जयागढबजार अनुगमन, ५ पसललाई ३० हजार जरिबाना

सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाको नेतृत्वमा आएको एक टोलि द्धारा जयागढबजारमा अनुगमन गरीएको छ । जिल्लाको प्रमुख ब्यपारीक केन्द्र  मध्यको एक जयागढबजारमा जिल्लाको एक सर्बपक्षिय टोलि द्धारा यहां संचालित खाद्यन्न पसल हरुमा अनुगमन गरीएको हो । बिगत लामो समयदेखि संचालनमा रहेका ७ पसलमा भएको अनुगमनमा ५ वटा पसललाई ३००००/- अक्षेरुपी तिस हजार जरिबाना र सात वटै पसललाई सचेत गराईएको  जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ  । यस्तै उत्त पसलहरु बाट प्रशस्त परिमाणमा म्याद गुज्रियका अखाद्य बस्तुहरु बरामद गरी नष्ट समेत गरीएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको एक टोलि द्धारा कमलबजार अनुगमन

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको एक टोलि द्धारा कमलबजार अनुगमन

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आएको एक टोलि द्धारा कमलबजारमा अनुगमन गरीएको छ । जिल्लाको पुर्बि क्षेत्र मध्यको एक प्रमुख ब्यपारीक केन्द्र कमलबजारमा जिल्लाको एक सर्बपक्षिय टोलि द्धारा यहां संचालित खाद्यन्न पसल हरुमा अनुगमन गरीएको हो । बिगत लामो समयदेखि संचालनमा रहेका धमाला जनरल स्टोर, देउबा जनरल स्टोर र ढकाल जनरल स्टोर लगायतका पसल हरुमा अनुगमन गर्दा पसलहरुमा मुल्य सुचि नराखिएको पाइएको छ । यस्तै उत्त पसलहरु बाट प्रशस्त परिमाणमा म्याद गुज्रियका अखाद्य बस्तुहरु बरामद गरी नष्ट समेत गरीएको छ ।