Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २७ बैशाख २०८१

सिस्नेडी टोलमा टोल स्वास्थ्य शिविर सम्पन्न

सिस्नेडी टोलमा टोल स्वास्थ्य शिविर सम्पन्न

आज सिस्नेडी टोलमा टोल स्वास्थ्य शिविर सम्पन्न भएको छ । मंगलसेन नगरपालिका वडा नं. ६ ले संचालन गरेको टोल स्वास्थ्य शिविर विहिवार सिस्नेडी टोलमा सम्पन्न भएको हो । 

कोभिट १९ को कारण लकडाउ अर्थात बन्दाबन्दी मा रहेका बडा बासि बाल वालिका ,महिला र जेष्ट नागरिकका लागी वडा कार्यालयको समन्यमा स्थानिय स्वास्थ्य संथाका प्रमुख स्वास्थ्यकर्मि र जनप्रतिनिधीको सहभागीतामा स्वास्थ्य मापदण्ड को पालना सहित संचालन भएको स्वास्थ्य शिविरमा सिस्नेडी टोलका १ जना बालवालिका   १० जना जेष्टनागरीक २४ जना महिला र २० पुरुष गरी ४४ जना विरामिको उपचार गरिएको शहरी स्वास्थ्य किलिनिक ठुलासैनका ईन्चार्ज मिनारावल भण्डारीले बताउनु भयो । 

शिविरमा सामान्य जरो, पखाला , रुघा खोकी टाउको दुख्ने ,रक्तचाप , चोटपटक लगायतका लक्षण भएका विरामीको उपचार गरिएको भन्थान सामुदायिक स्वास्थ्य केन्द्रका ईन्चार्ज लक्षमण भण्डारीले बताउनु भयो । शिविरमा आयका सबैलाई बडा अध्यक्ष  जनकराज भण्डारीले कोरोना बाट र अन्य रोगबाट बच्न सरसफईमा र खानपिनमा ध्यानदिन अनुरोध गर्नु भएको थियो । शिविर शुक्रबार ठुलासैन पुरानापानी टोलक पुराना पानिमा  संचालन गरिने भएको वडा अध्यक्ष जनकराज भण्डारीले वताउनु भएको छ । टोल स्वास्थ्य शिविरमार्फत हाल सम्म १ सय ६९ जना विरामिले सेवा लिएका छन ।

प्रतिक्रिया