Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ चैत २०८०

आस्था नेपाल, वर्ल्ड भिजन र वाक नेपालद्वारा रु २२ लाख धेरैको स्वास्थ्य सामाग्री सहयोग

आस्था नेपाल, वर्ल्ड भिजन र वाक नेपालद्वारा रु २२ लाख धेरैको स्वास्थ्य सामाग्री सहयोग

कोरोना भाइरसको संक्रमणले महामारीको रूप लिएको बेला जिल्लाका सक्रिय गैरसरकारी संस्थाले सहयोग गर्न थालेका छन जस अन्तरगत आस्था नेपाल, वाक नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालले आइतबार जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई २२ लाख २४ हजार ७ सय २८ बराबारको स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

जिल्लामा कोरोना भाइरस (कोभिड १९) रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सामाग्री सहयोग गरिएको आस्था नेपालका प्रबन्ध निर्देशक रुपक चन्दले बताए । वाक नेपालका अध्यक्ष मिन बहादुर कुँवरले जिल्ला कोभिट संकट व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । जिल्लामा कोरोना नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिन बिपद व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री लगायत खाद्यान्न उपलब्ध गराएको बताइएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समिति मार्फत वितरण हुने गरि १७ लाख ९२ हजार बराबरको ४६ लिटरको र अक्सिजन सिलिन्डर ७० थान , १ लाख ८२ हजार बराबरको पल्स अक्समिटर ७० थान , ६७ हजार २ सय बराबरको थर्मल गन ७० थान, २ लाख ८ हजार ३ सय २० बराबरको पिपिई सेट ७० थान ,२ हजार ८ सय बराबरको सेनोटाइजर १० लिटर , रु २ हजार बराबरको सर्जिकल मास्क ६ पकेट, ९ हजार ७ सय बराबरको एन नाइन्टी फाइभ मास्क ३६ वटा , रु ६ सय बराबरको एन्टिसेप्टिक सप ६ वटा गरि जम्मा २२ लाख ६४ हजार ७ सय २८ बराबरको सामान हस्तान्तरण गरिएको थियो । आवश्यकता अनुसार जिल्लाका दश वटै स्थानीय तह र अस्पतालहरूमा पठाइने छ। हस्तान्तरण कार्यक्रमको सन्चालन जन स्वास्थ्य अधिकृत झपट ढुंगानाले गरेका थिए ।

प्रतिक्रिया