Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

अछाममा ३ अर्ब भन्दा बढी बजेट,सबै भन्दा बढी साँफेबगर नगरपालिकालाई

अछाममा ३ अर्ब भन्दा बढी बजेट,सबै भन्दा बढी साँफेबगर नगरपालिकालाई

संघीय सरकारले अछामका स्थानीयतहरुलाई ३ अर्ब ४० करोड ५८ लाख बजेट बिनियोजन गरेको छ । जिल्लाका दश स्थानीयतहहरुका लागी उक्त बजेट बिनियोजन भएको छ । 

अछामका दश पालिका मध्ये सबै भन्दा बढी साँफेबगर नगरपालिकामा ५० करोड ४० लाख र सबै भन्दा कम बान्नीगढी जयगढ गाउँपालिकामा २३ करोड ६४ लाख बजेट बिनियोजन भएको छ ।

यसैगरी जिल्लाको सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिका ३८ करोड १७ लाख, मेल्लेख गाउपालिका ३५ करोड ७२ लाख,तुर्माखाद गाउँपालिकामा ३४ करोड ८३ लाख,कमलबजार नगरपालिकालाई ३४ करोड ६७ लाख,पचदेवल बिनायक नगरपालिका ३३ करोड ८७ लाख, रामारोशन गाउँपालिका ३३ करोड १६ लाख, चौरपाटी गाउपालिका ३० करोड २० लाख र ढकारी गाउँपालिकालाई २५ करोड ९२ लाख बजेट बिनियोजन गरेको छ । 

प्रतिक्रिया