Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

सम विकाश नेपाल द्वारा दुनिमा राहत वितरण

सम विकाश नेपाल द्वारा दुनिमा राहत वितरण

प्रभु क्यापिटल लिमिटेडको आर्थीक सहयोग र सम विकास नेपालको सहयोग अनि सहजीकरणमा चौरपाटि गाउँपालिका वडा न ६ दुनिमा किशोरी तथा विपन्न परिवारलाई आकस्मिक राहत सहयोग गरिएको छ  ।

सोमबार गरिएको राहत वितरण कार्यक्रममा ९० जनालाई नुन, खाने तेल, साबुन, सेनिताईजर, माक्स, सिटामोल र सेनिटरी प्याड सहितको राहत प्याकेज वितरण गरिएको सम विकाश नेपाल का उपाध्यक्ष सत्य स्वाँरले जानकारी दिनुभयो । 

राहत वितरण कार्यक्रममा किशोरी शसक्त्तिकरण परियोजनाका प्रमुख पवन गिरि चौरपाटि गाउँपालिका वडा न ६ का वडा अध्यक्ष मने साउद र फोटोपत्रकार महासघं सुदुर पश्चिम प्रदेशका प्रदेश सदस्य कल्पना बोहोराको सहभागिता रहेको थियो ।

प्रतिक्रिया