Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

मुख्य समाचार

बाजुरामा खोलाले बगाउँदा दुई बेपत्ता

बाजुरामा खोलाले बगाउँदा दुई बेपत्ता

बाजुरामा सोमबार खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन् । जिल्लाको त्रिवेणी नगरपालिकामा –५ किम्नीका घुरे बुढाका १२ वर्षीय छोरा कमल बुढालाई किम्नी खोलाले सोमबार बिहान बागाएर बेपत्ता पारेको  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक धनदेव साउँदले जानकारी दिए । बेपत्ता भएका बालकको खोजी कार्य भइरहेको प्रहरी निरिक्षक साउँदले बताए । यस्तै, बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३५ वर्षीया मोतीकला ल्वार पनि खोलाले बगाएर बेपत्ता रहेकी छन् । 'बिहानै खेतमा धानको बेर्ना कोर्न गएको बेला बड्डीगाड खोलाले बगाएको जानकारी आएको छ । बेपत्ता दुवैको खोजी कार्य जारी छ,' उनले भने ।