Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

फेसबुक पेज साँफेबगरले फोटो प्रतियोगिताको अन्तिम नतिजा प्रकाशित, प्रथम साँफेबगरका निलेश कुँवर

फेसबुक पेज साँफेबगरले फोटो प्रतियोगिताको अन्तिम नतिजा प्रकाशित, प्रथम साँफेबगरका निलेश कुँवर

फेसबुक पेज साँफेबगरले फोटो प्रतियोगिताको अन्तिम नतिजा प्रकाशन गरेको छ ।

पेजका एडमिन दीपेन्द्र कुँवर, दिनेश कुँवर र शैलेस कुँवरका अनुसार  आज ३१ गते ८ बजे सम्मको लाईकको आधारमा नतिजा प्रकाशन गरिएको हो । अन्तिम नतिजा अनुसार प्रतियोगी न १० निलेश कुँवर १५१४ लाईक सहित प्रथम, प्रतियोगी न ५८ निन्जा १५०३ लाईक सहित द्वितीय र प्रतियोगी न १९ रबिन्द्र धामी ९१३ लाईक सहित तृतीय भएका हुन ।

यही जेष्ठ २२ गते बाट सुरु भएको फोटो प्रतियोगितामा ८४ भन्दा बढी प्रतियोगिहरुको सहभागिता रहेको थियो । सुरुमा प्रथम पुरष्कार मात्र तोकिएपनी उत्साहजनक सहभागिताले दोस्रो र तेस्रो पुरस्कार पनि थप गरिएको पेजका एडमिन शैलेस कुँवरले हाम्रो बुलेटिनलाई बताए ।

फेसबुक पेज साँफेबगरले सम्पूर्ण प्रतियोगिहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रथम लाई नगद रु ५००० द्वितीय लाई रु २००० र तृतिय लाई रु १५०० भुत्तानी गरिने कुरा आफ्नो आधिकारिक पेज मार्फत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया