Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २७ बैशाख २०८१

६५ किलो गाँजासहित ट्रकचालक पक्राउ

६५ किलो गाँजासहित ट्रकचालक पक्राउ

भारततर्फ लैजान लागिएको ६५ किलो गाँजासहित ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–१८ भवानीपुरमा रोकीराखेको बागमती प्रदेश ०१–००६ ख १८२८ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

ट्रकका चालक मकवानपुर मनहरि गाउँपालिका वडा नम्बर ६ नयाँबस्ती बस्ने ५१ वर्षीय रामकुमार मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

प्रतिक्रिया