बाजुरामा खोलाले बगाउँदा दुई बेपत्ता
बाजुरामा सोमबार खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन् । जिल्लाको त्रिवेणी नगरपालिकामा –५ किम्नीका घुरे बुढाका १२ वर्षीय छोरा कमल बुढालाई किम्नी खोलाले सोमबार बिहान बागाएर बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक धनदेव साउँदले जानकारी दिए ।
बेपत्ता भएका बालकको खोजी कार्य भइरहेको प्रहरी निरिक्षक साउँदले बताए । यस्तै, बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३५ वर्षीया मोतीकला ल्वार पनि खोलाले बगाएर बेपत्ता रहेकी छन् । 'बिहानै खेतमा धानको बेर्ना कोर्न गएको बेला बड्डीगाड खोलाले बगाएको जानकारी आएको छ । बेपत्ता दुवैको खोजी कार्य जारी छ,' उनले भने ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
प्रतिक्रिया