Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

घटेनन् संक्रमित, परिक्षण र कन्ट्याक्क ट्रेसिंङ्गमा बेवास्ता

घटेनन् संक्रमित, परिक्षण र कन्ट्याक्क  ट्रेसिंङ्गमा बेवास्ता

अछाममा समुदायमा कोरोना संक्रमण तिव्र गतिमा फैलिन थालेको छ । बैशाख १९ गते देखि निषेधज्ञा जारी गरेपनि संक्रमितहरु घटेका छैनन् । दोस्रो लहरको कोराना भाइरसको संक्रमण अछामका गाउगाउसम्म पुगेको छ । गाउका चिया पसल , किराना पसल , निषेधज्ञा पालना नगरी हुल बाधेर हिडेका कारण संक्रमित बढिरेको स्थानीय बताउछन् । ‘स्वाब दिएपछि छुट्टै बस्नुको साटो सबैसंग घुलमिल भइरहेका हुन्छन् । अनसगमन गर्ने निकाय कोहि छैन’ मंगलसेन नगरपालिका ५ का राजेश भाट भन्छन् ,‘ कोरोना संक्रमित कत भए , मृत्यु कतिको भयो भनेर सबै निकाय संख्या गनेर बसेका छन् । संक्रमण के कारणले तिव्र गतिमा फैलिएको छ भन्ने बारे कसैलाई मतलब छैन ।’

संक्रमितको सम्पर्कमा आएकाहरुको अवस्था बुझ्नु पर्ने र कन्ट्याट ट्रेसिङलाई बढाउनु पर्ने मंगलसेन नगरपालिका ५ की स्वास्थ्य स्वयम्सेविका मथुरा विष्टले बताइन् । ‘ लक्षण देखिएका धेरै व्यक्तिले कोरोना परिक्षण गरेका छैनन् । अझै संक्रमति बढेन सक्छन् ’ उनले भनिन् ,‘ गाउँमा कोरोना धेरै फैलि सकेको छ । सरोकारवालाले समयमा ध्यान दिन जरुरी छ । गाउ“को अवूथा के हो भन्ने बारे हामी जानकारी दिन तयार छौं ।’

कमलबजार आरटी पिसिआर प्रयोगशालामा परिक्षणका लागि आउने सबै स्वाब नयाँ संक्रमितको भएको सूचना अधिकारी टेकबहादुर विष्टले बताए । ‘ स्वाब लिएपछि लक्षण देखिएर आएको , कन्ट्याट ट्रेसिङ जस्ता अप्सन हुन्छन् । पछिल्लो चरणमा कन्ट्याट ट्रेसिङको स्वाब आएको छैन ’ उनले भने ,‘ कन्ट्याट ट्रेसिङ गर्यो भने संक्रमित धेरै बढ्छन् ।’

दोस्रो भरिएन्टको संक्रमण फैलिएपछि अछाममा २ हजार ४७ जना संक्रमित भएका छन् ।  १५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका कोभिड फोकल प्रर्सन मिन कुँवरले जानकारी दिए । उनका अनुसार मंगलसेन नगरपालिकामा ४ सय ५६ जना, साँफेबगर नगपालिकामा २ सय ६२ जना , बान्नीगढी जयगढ गाउँपालिकामा १ सय ७९ जना मेल्लेख गाउँपालिकामा १ सय ५७ जना , रामारोशन गाउँपालिकामा १ सय ३० जना संक्रमित छन् । त्यस्तै चौरपाटी गाउँपालिकामा ६४ जना , कमलबजार नगरपालिकामा ३ सय ३० जना तुर्माखाँद गाउँपालिकामा १ सय ३५ जना पंचदेवल बिनायक नगरपालिकामा २ सय ७७ जना र ढकारी गाउँपालिकामा ४८ जना संक्रमित भएका छन् ।

बिहबारसम्म १४ सय जना संक्रमित निको भएको र ६ सय ३२ जना सक्रिय संक्रमित रहेको कुँवरले बताए । ‘ संक्रमणको दर घटेको छैन बढेको छ । संक्रमित  मध्ये १५ प्रतिशत जोखिममा छन् ’ उनले भने ,‘ परिक्षणको दर बढाउने हो भने धेरै संक्रमित बढ्छन् ।’  उनका अनुसार  मेल्लेखले ४ जना , मंगलेसनका ३ जना ,साँफेबगर ३ जना , बान्नीगढी जयगढका २ जना  र चौरपाटीका २ जना , कमलबजारका १ जना  गरी जम्मा  १५ जनाको मृत्यु भएको हो ।  ‘ मृत्यु हुनेमा युवा उमेर समूहका धेरै छन् ।  पहिले नै केहि न केहि रोग भएकाहरुको मृत्यु भएको देखिन्छ ।’ उनले भने ।

 

प्रतिक्रिया