Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २५ बैशाख २०८१

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

छाेराकाे स्मृति दिवसकाे अवसरमा कुवँर दम्पतिद्वारा अस्पतालाई आर्थिक सहयाेग

साँफेबगर नगरपालिका वडा नं ४ मष्टामाण्डाैका एक दम्पतिले छाेराकाे स्मृति दिवसकाे अवसरमा वयालपाटा अस्पतालाई आर्थिक सहयाेग गर्नु भएकाे छ ।

Read more

नेमकिपाद्धारा अछामका स्वास्थ्य संस्थालाई १८ सय थान बढी एन ९५ मास्क हस्तान्तरण

नेपाल मजदुर किसान पार्टीले जिल्ला अस्पताल अछाम र कमलबजार नगरपालिका वडा नम्बर ६ मा रहेको विरपथ स्वास्थ्य चौकीलाई एन ९५ मास्क हस्तान्तरण गरेको छ । पार्टिलाई चिनिया कम्युनिष्ट पार्टिले दिएको मास्क तथा हाईड्रोजन अक्सिजन मेसिन मध्ये अछाम जिल्लामा मास्क हस्तान्तरण गरिएको हो । पार्टीका केन्द्रिय सचिव तथा पुर्व सासंद प्रेम सुवाल अछाम जिल्लामै पुगेर मास्क हस्तान्तरण गर्नु भएको थियो । जिल्ला अस्पताल अछामलाई १ हजार ५ सय २० तथा विरपथ स्वास्थ्य चौकीलाई ३ सय २० थान एन ९५ मास्क उहाँले हस्तान्तरण गर्नु भएको थियो । मित्र देशको पार्टीले दिएको स्वास्थ्य सामाग्री कोरोनाको बेला अग्रमोर्चामा खटिनेलाई आवश्यकता पर्ने भएकाले पार्टिको केन्द्रिय कमिटीको निर्णय अनुसार वितरण गरिएको सचिव सुवालले बताउनु भयो ।

Read more

‘हामी कुन पार्टीमा छौं ? निर्वाचन आयोगमा टोपबहादुर र प्रभु : न एमाले, न माओवादी !

माओवादी छाडेर एमालेमा प्रवेश गरेपछि सांसद पद गुमाएका टोपबहादुर रायमाझी र प्रभु शाह शुक्रबार दिउँसो अकस्मात् निर्वाचन आयोगमा पुगे । आयोगले आफूलाई माओवादीकै रुपमा चिन्छ कि एमालेका रुपमा चिन्छ भनेर बुझ्न उनीहरु त्यहाँ पुगेका हुन् ।

Read more

दातृ निकायले दिएको स्वास्थ्य सामाग्री खोइ ? सरकार भन्‍छ- अस्‍पताललाई पठायौँ, अस्‍पताल भन्‍छ- पाएनौं

नेपालमा कोभिडको दोस्रो लहर फैलिएसँगै स्वास्थ्य सामाग्रीको अभाव भयो । अस्पतालमा बेड र स्वास्थ्य सामनग्रीको अभाव भएपछि विभिन्‍न राष्ट्रले स्वास्थ्य सामाग्री दिने घोषणा गरे । घोषणा गरे अनुरुप स्वास्थ्य सामाग्री आइरहेकै छ ।

Read more

साँफेबगरका ६ वडाअध्यक्षको विज्ञप्ति : हाम्रो कुराको सम्बोधन नभए नगरका कार्यक्रम बहिष्कार गर्छाैं

नगरले वडालाई छुट्याउने बजेटमा नेपाली कांग्रेसले जितेका वडालाई विभेद गरेको भन्दै कार्यापालिकाको बैठक बहिष्कार गरेका साँफेबगर नगरपालिकाका ६ जना वडाअध्यक्षले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति निकालेका छन् ।

Read more

स्वघाेषित सामाजिक 'अभियन्ता'को आतंक, जतासुकै तीन करोड नेपालीको धम्की

६ फेब्रुअरी २०२० मा एचबीएम नेपाल नामक युट्युब च्यानलमा एउटा भिडियो अपलोड भयो, जहाँ आफूलाई सामाजिक अभियन्ता दाबी गर्नेहरूबीच कुटाकुट परेको देखिन्छ । यो भिडियो एकताका युट्युब ट्रेण्डिङमै परेको थियो । दाताले पीडितका लागि पठाएको केही हजार रुपैयाँ पुण्य गौतमले हिनामिना गरेको आरोप युट्युबरले लगाउँछन् । भनाभन बढ्दै जान्छ । बीचमा आइपुग्छन्, अर्का कथित् सामाजिक अभियन्ता विनयजंग बस्नेत । ‘१५ हजारमा पीडितलाई जम्मा २ हजार मात्र दिएर १३ हजार कहाँ लैजानुभयो ?’, विनयजंगले पुण्यलाई प्रश्न गर्छन् । प्रतिवादका क्रममा पुण्य भन्छन्, ‘हावा कुरा सुनेर भएन नि, तपाईंले लाखौँलाख खानुभयो रे !’ अनि विनयजंगको पारो तात्छ । ‘बोल्न आउँछ भन्दैमा जे पायो तै बोल्ने ?’ भन्दै उनले पुण्यलाई झापु लगाउँछन् ।

Read more

सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड बराबरको ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आइतबारदेखि १० बर्षे अवधिका लागि ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । उक्त ऋणपत्रको बार्षिक ब्याजदर ९ प्रतिशत रहेको छ ।

Read more

वलिगाउकी क्यान्सर पिडित राधा रावलद्धारा उपचारका लागी सहयोग गरिदिन अपिल

अछाम क्यान्सर पिडित मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउकी एक महिलाको उपचारमा आर्थिक अभाब पछी सार्वजनिक रुपमा सहयोगको अपिल गर्नु भएको छ । क्यान्सर रोगले पिडित नियमीत उपचार गराईरहेकी राधा रावलले उपचारमा दिन दिनै आर्थिक समस्या थपिदै गएपछी सार्वजनिक रुपमा आफ्नो ज्यान बचाई दिनका लागी देश तथा बिदेशका सबै नेपालीहरुमा आर्थिक सहयोग जुटाइदिन सार्वजनिक अपील गरेकी हुन् ।

Read more

अछामका विभिन्न पालिका स्वास्थ्य चौकीमा युवा सुचना मञ्च बाँके द्वारा स्वास्थ्य सामाग्री वितरण

युवा सुचना मञ्च बाँकेले अछाम जिल्लाका विभिन्न पालिका तथा स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गर्न थालेको छ । मञ्चको पहलमा अछामका विभिन्न ठाँउमा कोभिड १९ को प्रतिकार्यका लागि स्वास्थ्य समाग्री प्रदान गर्ने अभियान सुरु भएको हो । अभियान अन्र्तगत जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्त्ररण गरिएको छ ।

Read more

एक महिना भेन्टिलेटरमा श्रीमान् कुर्दाको अनुभव : कतिपटक त मैले माया नै मारेको थिएँ

साँच्चै मान्छे कसरी मर्छ ? घोप्टो पर्न नसकेर, एउटै समयमा दुईजना सिकिस्त भएर, नर्सको नजर नपरेर, हुँदाहुँदैको अक्सिजन नपाएर, पाएको अक्सिजन थेग्न नसकेर, बाँच्ने मन हुँदाहुँदै खोइ कसरी मर्छ मान्छे ? यी कुनै पनि कारण मृत्युको कारण बन्नलायकका कारण होइनन् । तर, कोभिड १९ को संक्रमणले मृत्युका अकारणहरू कारण भइदिए । मृत्युदेखि कहिल्यै नडराएका राजु बस्नेतको आँखामा मृत्यु भयानक बनेर उभिएको थियो आइसीयूमा । भेन्टिलेटरमा । मृत्युकै काखमा भएको मानिस कसरी निदाउन सक्नू ?

Read more

एक जनाको शव भेटियो, विस्थापितहरुले सामुदायिक भवन र विद्यालयमा रात बिताए

सिन्धुपाल्चोकमा बाढीमा हराइरहेका २० जनामध्ये एक जनाको शव भेटिएको छ । सम्पर्कविहीन भएका एक जना चिनियाँ नागरिकको शव भेटिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । यस्तै चार जना धुलिखेलबाट सम्पर्कमा आएकाले उनीहरु बाढीमा परेर हराएका हुन् या होइनन् भनेर सोधपुछ भइरहेको उहाँले बताउनुभयो ।

Read more

अब ‘स्मार्ट लक डाउन’मा जाने सीसीएमसीको निर्णय

कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ ।

Read more

नौ जनाको शव भेटियो, ५५ भन्दा बढि अझै बेपत्ता, ३०० घरहरु पुरिए

हिजो अपरान्हदेखि परेको अविरल वर्षासँगै भिषण बाढीको चपेटामा परेको सिन्धुपाल्चोकको इन्द्रावती नदिको तटीय क्षेत्रमा ठूलो धनजनको क्षति भएको विवरण प्राप्त भएको छ । घटनास्थलको हवाई अवलोकन गरेर फर्केका स्थानीय पत्रकार रामचन्द्र दुलालका अनुसार हालसम्म नौ जनाको श’व भेटिएको छ भने हेलम्बुदेखि दोलालघाटसम्मका ३०० भन्दा बढि घरहरु डुबानमा परेका छन् ।

Read more

चौथो अंगमा धर्मेन्द्र झा : नेपाली पत्रकारितामा महेन्द्रको ‘एक भाषा’ नीति अझै फेरिएन

नेपालमा १ सय २३ भाषा छन्। नेपाल प्रेस काउन्सिलको तथ्याङ्क हेर्ने हो भने २६ वटा विभिन्न भाषामा मात्रै समाचार प्रकाशन हुने, छापिने तथा प्रसारण हुने गर्छन्।

Read more

मेलम्ची खानेपानी आयोजना स्थलमा फसेका ३७ जनाको उद्धार

मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण फसेकाहरुको उद्धार जारी छ। मेलम्ची खानेपानी आयोजना स्थलमा रहेका ३७ जना मजदूरको उद्धार गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी  बाबुराम खनालले बताए। केही मजदूर घाइतेसमेत रहेकाले उपचारका लागि धुलिखेल अस्पताल लगिएको उनको भनाइ छ।

Read more

लक्ष्मीलाई जिउँदै जलाउन खोज्ने श्रीमान् पक्राउ

डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटलाई जलाएर जिउँदै मार्न खोज्ने श्रीमान् सन्तोष भाटलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार श्रीमतीलाई प्रज्वलनशील पदार्थ छर्केर जिउँदै जलाएर मार्न खोज्ने श्रीमान भाटलाई कञ्चनपुुरको त्रिनगर भन्सार नाकाबाट सोमबार राति पक्राउ गरिएको हो।

Read more

वृद्ध भत्ताको ५० लाख चोरी, मन्त्रालयबाट छानबिन सुरु

वृद्ध भत्ताको ५० लाख रुपैयाँ चोरी प्रकरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छानबिन थालेको छ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट गत चैत २४ मा चोरी भएको थियो । घटनाबारे लामो समयसम्म जानकारी नदिई स्थानीय तहमै मिलाउन खोजेपछि मन्त्रालयले टोली नै पठाएर छानबिन सुरु गरेको हो ।

Read more

आज सातै प्रदेश सरकारले प्रदेश सभामा बजेट पेश गर्दै

सातै प्रदेश सरकारहरुले आज प्रदेशसभा समक्ष आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै छन् । असार १ गते प्रदेशसभा समक्ष बजेट पेश गर्ने कानूनी व्यवस्था अनुसार सातै प्रदेशले प्रदेशसभामा आगामी आर्थिक बर्ष ७८।८९ बजेट प्रस्तुत गर्न लागेका हुन ।प्रदेश सरकारहरुले आगामी आर्थिक बर्षको बजेटमा कोरोना महामारीको रोकथाम नियन्त्रणकालागि प्रदेश र स्थानीय तहका सह लगानीमा स्वास्थ्य पुर्वाधारको विकास,  जनशक्तीको क्षमता अभिवृघि, रोजगारी सृजना र आर्थिक पुनउत्थालाई प्राथमिकतामा राखेका छन् ।

Read more

बाजुरामा खोलाले बगाउँदा दुई बेपत्ता

बाजुरामा सोमबार खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन् । जिल्लाको त्रिवेणी नगरपालिकामा –५ किम्नीका घुरे बुढाका १२ वर्षीय छोरा कमल बुढालाई किम्नी खोलाले सोमबार बिहान बागाएर बेपत्ता पारेको  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक धनदेव साउँदले जानकारी दिए । बेपत्ता भएका बालकको खोजी कार्य भइरहेको प्रहरी निरिक्षक साउँदले बताए । यस्तै, बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३५ वर्षीया मोतीकला ल्वार पनि खोलाले बगाएर बेपत्ता रहेकी छन् । 'बिहानै खेतमा धानको बेर्ना कोर्न गएको बेला बड्डीगाड खोलाले बगाएको जानकारी आएको छ । बेपत्ता दुवैको खोजी कार्य जारी छ,' उनले भने ।

Read more
Page 57 of 129