Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

साँफेबगरका ६ वडाअध्यक्षको विज्ञप्ति : हाम्रो कुराको सम्बोधन नभए नगरका कार्यक्रम बहिष्कार गर्छाैं

साँफेबगरका ६ वडाअध्यक्षको विज्ञप्ति : हाम्रो कुराको सम्बोधन नभए नगरका कार्यक्रम बहिष्कार गर्छाैं

नगरले वडालाई छुट्याउने बजेटमा नेपाली कांग्रेसले जितेका वडालाई विभेद गरेको भन्दै कार्यापालिकाको बैठक बहिष्कार गरेका साँफेबगर नगरपालिकाका ६ जना वडाअध्यक्षले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति निकालेका छन् ।

नेपाली कांग्रेसबाट निवार्चीत वडाहरु वडा नम्बर १ , २ ,३ , ७, ११ र १२ का वडा अध्यक्षले गत वर्षभन्दा यो वर्षको बजेट ५० प्रतिशतले घटेको र यसमा हेरफेर होस् भन्दा नगर प्रमुखले समाधान निकाल्नसको साटो  विज्ञप्ति निकालेकोमा गम्भिर ध्यानाकर्षण भएको ६ जना वडाअध्यक्षले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । आफूले राखेका कुराहरुको सम्बोधन नहुने र सल्लाह नलिएमा नगरका कुनै पनि कार्यक्रममा सहभागी हुन बाध्य नहुने उनीहरुले बताएका छन् ।

 

प्रतिक्रिया