Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

छाेराकाे स्मृति दिवसकाे अवसरमा कुवँर दम्पतिद्वारा अस्पतालाई आर्थिक सहयाेग

छाेराकाे स्मृति दिवसकाे अवसरमा कुवँर दम्पतिद्वारा अस्पतालाई आर्थिक सहयाेग

साँफेबगर नगरपालिका वडा नं ४ मष्टामाण्डाैका एक दम्पतिले छाेराकाे स्मृति दिवसकाे अवसरमा वयालपाटा अस्पतालाई आर्थिक सहयाेग गर्नु भएकाे छ ।

साँफेबगर नगरपालिका वडा न. ४ मष्टामाण्डाै निवासी समाजसेवी लक्ष्मी कुवँर र बिरेन्द्र कुवँरले आफ्नो छोरा घनश्याम कुवँरको जन्मदिन सँगै स्मृति दिवसकाे अवसरमा बयालपाटा अस्पताललाई रु. पाँच हजार आर्थिक सहयोग गर्नु भएको हाे ।

छाेराकाे अल्पायूमै निधनले अाफुलाई मानसिक तनाव भएका कारण आफ्नाे जस्ताे ब्रजपात अरु कसैकाे आमाबुवालाई नहाेस भन्दै थाेरै भए पनि आर्थिक सहयाेग गरेकाे कुँवर बताउनु भयाे । कुँवरले छोराको सम्झनामा अस्पताललाई नगद सहित अस्पतालका बिरामीलाई फलफुल समेत बितरण गर्नुभएको थियाे । सहयाेग प्रश्चात सहयोगका लागि अस्पतालले कुवँर दम्पतीलाई धन्यवाद दिनु भएकाे थियाे ।

प्रतिक्रिया