Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड बराबरको ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड बराबरको ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आइतबारदेखि १० बर्षे अवधिका लागि ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । 
बैंकले प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । उक्त ऋणपत्रको बार्षिक ब्याजदर ९ प्रतिशत रहेको छ ।

७ लाख ५० हजार कित्ता ऋणपत्रमध्ये ४५ करोड बराबरको ४ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने ३० करोड बराबरको ३ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्काशनबाट बिक्री गर्नेछ । यसबाट नै ५ प्रतिशत अर्थात १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको बैंकले जनाएको छ । 

आर्थिक बर्ष २०७७/०७८ मा सांग्रिला डेभलपमेन्ट बैंकको मुनाफा रकम १५ करोड ९१ लाख ६५ हजार रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १३१.०६ रुपैयाँ र प्रतिशेयर आम्दानी १५.३४ रुपैयाँ रहेको छ । 

बैंकलाई इक्रा नेपाल लिमिटेडले गत माघ २२ गते मध्यम क्रेडिट जोखिम जनाउने इक्रा एनपि डबल बि प्लस प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्ने तथा कर्जा जोखिम मध्यम भएको जनाउँछ । सो ऋणपत्र निष्काशनका जिम्मेवारी भने एनआईबिएल एस क्यापिटल लिमिटेडले पाएको छ । 

बैंकले यही असार ६ गते निष्काशन गर्ने तयारी गरेको सो ऋणपत्र बन्द हुने मिति छिटोमा असार ९ गते रहेको छ भने उक्त मितिमा बिक्री नभए ढिलोमा असार ३० गतेसम्मका लागि आवेदन दिन सकिन्छ । 

प्रतिक्रिया