Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०६ चैत २०८०

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

भीम रावललाई निषेध माथि निषेध गर्ने प्रपञ्च

नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावललाई एमाले नेताहरुले नै निषेधमाथि निषेध गर्ने प्रपञ्च गरिरहेको खुुलेको छ । उनलाई पार्टी जिम्मेवारीबाट विमुख राख्न निकै ठूलो चलखेल जारी रहेको र त्यसमा केन्द्रदेखि अछाम जिल्ला तहसम्मका नेता कार्यकर्ताहरु पनि सक्रिय रहेको खुलेको छ ।

Read more

छैठौं साँफेबगर महोत्सबको आय व्यय फाल्गुन ३० गते सार्वजनिक गरिने

लायन्स क्लब अफ साँफेबगरले आयोजना गरेको छैठौं साँफेबगर महोत्सबको आय व्यय फाल्गुन ३० गते सार्वजनिक गरिएको छ । मंगलबार लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरको अध्यक्ष तामा बसेको  बैठकले फाल्गुण ३० गते बुधबार १ बजे सार्वजनिक सुनुवाई गर्दै छैठौं साँफेबगर महोत्सबको आय व्यय सार्वजनिक गर्ने निर्णय गरेको छ ।

Read more

ट्रकबाट सल्किएको आगोले कर्णाली पुलमा भएको क्षतिको अध्ययन गर्दै प्राविधिक टोली

सोमबार ट्रकबाट सल्किएको आगोले कर्णाली पुलमा भएको क्षतिको अध्ययन गर्न प्राविधिक टोली खटिएको छ। प्राविधिक टोली घटनास्थल पुगेर मंगलबारदेखि अध्ययन थालेको हो।

Read more

अछामको जनकल्याण माध्यमिक बिधालयमा बढी शुल्क लिएको भन्दै तालाबन्दी

अछामको साँफेबगर नगरपालिका ४ मा रहेको जनकल्याण माध्यमिक बिधालयमा तालाबन्दी गरिएको छ।बिधालयले प्राविधिक धारतर्फ बढी शुल्क उठाएको भन्दै सोमबार बिधार्थीहरुले तालाबन्दी गरेका हुन। विद्यालयले बारम्बार बिभिन्न बाहनामा बढी शुल्क उठाउदै आएको ७ महिना देखि बिधालय ब्यावस्थापन समिति गठन हुन नसकेको भन्दै बिधार्थीले तालाबन्दी गरेका बिधार्थी मनोज रावलले बताए ।बिधालय बढी लगेको शुल्क फिर्ता नगर्दा सम्म तालाबन्दी भईरहेने उनलेे बताए ।

Read more

रञ्जितालाई रेशमको ‘काउन्टर’ जवाफः सुदूरपश्चिम सरकारबाट नाउपाका मन्त्रीहरु फिर्ता हुँदैनन्

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सुदूरपश्चिम प्रदेश सरकारमा पार्टीका तर्फबाट सहभागी भएका मन्त्रीहरु फिर्ता नहुने बताएका छन् । आज (शनिबार) बुटवलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रदेश सरकारमा सहभागी भएका मन्त्रीहरु फिर्ता नहुने बताएका हुन् । हिजो (शुक्रबार) स्ुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालय, इन्दिरा गिरीलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी र खुसीराम चौधरीलाई बिनाविभागीय मन्त्री बनाएका थिए ।

Read more

केपी कमरेडको आलोचना गर्थेँ तर प्रचण्डको त नियतमै खोट रहेछ, यो सरकार ढाल्नैपर्छ : मेटमणि

सत्तारुढ नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आयु एक महिना पनि नभएको दाबी गरेका छन्। शनिवार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रम बोल्दै प्रचण्ड सरकार नढाले मुलुकले अस्थिरता मच्चिरहने बताए।

Read more

प्रधानमन्त्रीले विश्वासको मत लिँदा अनिवार्य उपस्थित हुन माओवादीद्वारा ह्वीप जारी

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले संसद्‌बाट विश्वासको मत लिँदा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।

Read more

खोप सम्बन्धी स्वास्थकर्मीहरुका लागी १ दिने तालिम सम्पन्न

साँफेबगर नगरपालिकामा खोप सम्बन्धी स्वास्थकर्मीहरुका लागी १ दिने तालिम बुधबार सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा बुधबार तालिम सम्पन्न भएको हो ।

Read more

रहेनन् गायक भजन शिरोमणि भक्तराज आचार्य

गायक भक्तराज आचार्यको निधन भएको छ । उनको सोमबार निधन भएको संगीतकार हरि लम्सालले बताए। उनका अनुसार आचार्यलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको हो।

Read more

लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कुँवरले कोटिहोम आउने  भक्तजनका लागी नि:शुल्क यातायातको व्यवस्था गर्ने

लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरले १४४ बर्ष पछी बैद्यनाथ धाममा लागिरहेको कोटीहोम अवधिभरी भक्तजनका लागी नि:शुल्क यतायात को व्यवस्था गर्ने घोषणा गरेका छन ।

Read more

नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी

नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका ढुंगाना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । ढुंगानाले दुई सय ८७ मत प्राप्त गर्दा पाण्डेले दुई सय १८ मत ल्याएका छन् । अध्यक्षका प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले ६३ मत पाए । उनी हालका कार्यवाहक अध्यक्ष समेत हुन् । अध्यक्षमा तीन जनाले प्यानलसहित उम्मेदवारी दिएका थिए । यस्तै उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन् । उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मतमा चित्त बुझाएका छन् । उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन् । सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन् । चौधरी दुई सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत मात्रै पाएका छन् । सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरेका छन् ।उपसचिव(खुला) मा भने ढुंगाना प्यानलका चुडामणी भट्ट विजयी भएका छन् । भट्ट दुई सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले एक सय २३ मत पाए । यस्तै अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाएका छन् । उपसचिव (महिला) मा ढुंगाना प्यानलका गंगाकुमारी चौधरी एक सय ९६ मतसहित विजयी भएकी छन् ।उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले एक सय ६१,रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाएकी छन् । फागुन ६ गते सुरू भएको एमाले नवौँ अधिवेशनमा छैटौं दिन शुक्रबार मात्र मतदान भएको थियो । कुल पाँच सय ९१ प्रतिनिधि रहेकोमा पाँच सय ७७ मत खसेको थियो । शनिबार रातिदेखि पदाधिकारीको मतगणना गरिएको थियो भने सदस्यको मत गणना अब हुने निर्वाचन कमिटीले जनाएको छ ।

Read more

बैद्यनाथ धाममा १४४ वर्षपछि कोटीहोम आजबाट सञ्चालन

राष्ट्रपति रामचन्द्र पौडेलले बैद्यनाथ धामको समग्र विकासका लागी विस्तृत अध्ययन गरी गुरुयोजना तयार पारेर अल्प, मध्य र दिर्घकालिन रुपमा गरिने काम सहित पुर्वाधारका संरचनाहरु निमार्ण गर्न आवश्यक रहेको बताए । अछामको बैद्यनाथ धाममा आजबाट सञ्चालित कोटीहोम महायज्ञको उद्घाटन गर्न पुगेका राष्ट्रपति पौडेलले चार धाम मध्येको एक बैद्यनाथ धामको महत्व र महिमाको बिषयमा स्कन्द पुराण मानसखण्डमा उल्लेख भएको भन्दै बैद्यनाथ तथा ज्वाला क्षेत्रको दर्शन गर्दा सयौगुणा बढी पुण्य प्राप्त हुने जनबिश्वास रहेको बताए ।

Read more

कार्यसम्पादन मूल्यांकनमा चौरपाटी गाउँपालिका जिल्लाकै प्रथम

कार्यसम्पादन मूल्यांकनमा अछामका १० वटै पालिकामध्ये सबैभन्दा बढी अंक ल्याएर चौरपाटी गाउँपालिका प्रथम बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार चौरपाटी गाउँपालिका ३४.०४ अंक प्राप्त गरी जिल्लामै प्रथम बनेको हो ।

Read more

साँफेबगर महोत्सब अपडेट : ज्योतिका गितमा ७ हजार ५ सय बढी दर्शक झुमे

छैठौं साँफेबगर महोत्सवको अन्तिम दिनका कलाकारको प्रस्तुति हेर्न दर्शकको घुईंचो लागेको छ । बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापनाको मुल उद्देश्य सहित लायन्स क्लब अफ साँफेबगरले आयोजना गरेको छैठौं साँफेबगर महोत्सब २०८० को अन्तिम दिन गायिका ज्योती मगर, गायिका तथा उद्घोषिका रुपा घर्ति मगर, गायक तथा उद्घोषक कोष खड्क, गायक टेक बोगटी, गायक टेक बि.सि, हास्य कलाकार हेमराज अधिकारी खन्ट्या खलास, भिम बिष्ट अछामि रेखा र जनक साउँदको प्रस्तुतिले दर्शक लाई नचाएको छ ।

Read more

साँफेबगर महोत्सबको छैठौं दिन : ६ हजार बढी दर्शक - समिक्षा, अछामी बड्डा र रोजिका प्रस्तुतिमा रमाए दर्शक

छैठौं साँफेबगर महोत्सवको छैठौं दिनका कलाकारको प्रस्तुति हेर्न दर्शकको घुईंचो लागेको छ । बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापनाको मुल उद्देश्य सहित लायन्स क्लब अफ साँफेबगरले आयोजना गरेको छैठौं साँफेबगर महोत्सब २०८० को छैठौं दिन गायिका समिक्षा अधिकारी र गायक लाल बहादुर धामि अछामी बड्डाको प्रस्तुतिले दर्शक लाई नचाएको छ । महोत्सबमा चर्चित मोडेल कुँवरको नृत्यले दर्शकलाई लोभ्याएको छ । गायिक समिक्षा अधिकारीले गित गाउने क्रममा दर्शक गितमा अत्याधिक हुटिङग सहित नाचेका थिए भन गायक लाल बहादुर धामि अछामि बड्डाका गितमा दर्शकले नाच्नुका साथै देउडा खेल खेलेका थिए ।

Read more

ब्लड बैंकका लागी साँफेबगर महोत्सबलाई चौरपाटी गाउँपालिकाले पाँच लाख दिने

लायन्स क्लब अफ साँफेबगरले ब्लड बैंक स्थापनाका लागी गरिएको साँफेबगर महोत्सब्लाई चौरपाटी गाउँपालिकाले पाँच लाख दिने घोषणा गरेको छ । साँफेबगर नगरपालिका वडा न. ३ को नव निर्माणाधिन बसपार्कमा भैरहेको महोत्सबको पाँचौ दिनको प्रमुख अतिथी को आसन बाट बोल्दै चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले ब्लड बैंक स्थापनाका लागी गरिएको साँफेबगर महोत्सब्लाई चौरपटी गाउँपालिकाको तर्फबाट पाँच लाख दिने घोषणा गर्नु भएको हो ।

Read more

छैठौं साँफेबगर महोत्सबको चौथो दिन रचना र आशिषले नचाए दर्शक

छैठौं साँफेबगर महोत्सवको चौथो दिन दर्शकको घुईचो अत्याधिक बढेको थियो । बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापनाको मुल उद्देश्य सहित लायन्स क्लब अफ साँफेबगरले आयोजना गरेको छैठौं साँफेबगर महोत्सब २०८० को चौथो दिन गायिका रचना रिमाल र गायक आशिष महरको प्रस्तुतिले दर्शक लाई नचाएको थियो । महोत्सबमा चर्चित मोडेल करिष्मा ढकालको नृत्यले दर्शकलाई लोभ्याएको थियो । गायक आशिष महरले गित गाउने क्रममा आयोजक कमिटिले आशिष महरकि आमालाई स्टेजमा बोलाई सम्मान गरेको थियो भने गायिका रचना रिमालले स्टेजबाट ओर्लिएर उनको प्रिती पहिले हो कि भन्न गित संगै दर्शक संग हात मिलाउदै अभिनन्दन गरेकि थिईन ।

Read more

साँफेबगर महोत्सवमा कृषकहरुलाई प्रोत्साहन तथा सम्मान

साँफेबगर महोत्सवको आयोजनामा कृषकहरुलाई प्रोत्साहन तथा सम्मान गरिएको छ । कृिष मेला प्रदशनिमा २८६ जना कृषकहरुले उत्पादन गरेका कृिष उपजहरु राखिएका थिए । बिभिन्न बालि समुह तर्फ प्रथम, दितिय र तितिय लाई नगद सहित प्रमाण पत्र बितरण गरिएको थियो ।

Read more

साँफेबगर महोत्सबको दोस्रो दिन रमेशराज र टिका सानु को दमदार प्रस्तुती

छैटौं साँफेबगर महोत्सबको पहिलो दिन गायक रमेशराज भट्टराई र लोक गायीका टिका सानुले आफ्नो प्रस्तती दिएका छन । अछामको साँफेबगरमा माघ २६ गते शुक्रबार देखि सुरु भएको ६ छैटौं साँफेबगर महोत्सबको पहिलो दोस्रो दिन चर्चीत गायक रमेशराज भट्टराइ र लोक तथा दाहोरी गायीक टिका सानुले आफ्नो सांगेतिक प्रस्तती प्रस्तुत गरेका हुन । उनले स्टेजमा गए पश्चात आफ्ना एक दर्जन भन्दा बढि चर्चीत गित गाएका थिए । कार्यक्रममा गायीका तथा उद्घोषक उमा देवी खनाल र गायक मेघजन कडायतले समेत आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।

Read more

नेपाल शिक्षक संघ नगर कार्यसमिति साँफेबगरको ५ औ प्रतिनिधि सभा भेला आज साँफेबगरमा सम्पन्न

सभ्य समाजको पिल्लर शिक्षा भएकाले गुणस्तर शिक्षामा ध्यान दिन शिक्षकहरुलाई पुर्ब पाटी सभापति स्वारको आग्रह

Read more

जिल्लाका १० स्थानिय तहमध्य स्वमूल्याङ्कनमा साँफेबगर नगरपालिका उत्कृष्ट

अछाम जिल्लाका १० वटा स्थानीय तहमध्ये संस्थागत क्षमता स्वमूल्याङ्कनमा साँफेबगर नगरपालिका उत्कृष्ट भएको छ । अछामका ६ गाउँपालिका र ४ नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा सम्पादन गरेका क्रियाकलापको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी स्वमूल्याङ्कन नतिजा सार्वजनिक गरिएको हो ।

Read more

बैजनाथ धाममा हुने कोटी होम अवधिभर पिउने पानीको खर्च लायन्स क्लब अफ साँफेबगरले बेहोर्ने

लायन्स क्लब अफ साँफेबगरले बैजनाथमा हुने कोटिहोममा कोटिहोम हुने अवधिभर पिउने पानीको व्यवस्था गर्ने भएको छ । लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरले दिएको जानकारी अनुसार लायन्स क्लब अफ साँफेबगरले कोटी हो अवधिभर बैजनाथ धाममा आउने सबैलाई निशुल्क पिउने पानीको व्यवस्था गर्ने छ ।

Read more
Page 1 of 129