Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

पढाइ नहुँदा अछामका ७८ हजार विद्यार्थी अन्योलमा

मंगलसेन नगरपालिका ५ की अन्सा ढुंगाना धनगढीमा नर्सिन विषय पढ्छिन् । कोरोना संक्रमणले गर्दा धनगढी लकडाउन भएपछि उनी अछाम घरमा आइन । तर, उनको अनलाइन कक्षा निरन्तर नै भयो । पढाइलाई निरन्तरता दिनको लागि जसरी पनि नेटको पहु“चमा पुग्छिन् । कक्षामा सहभागी हुन्छिन् । ‘पढाइ भइरहेको छ । खासै फरक परेको छैन । अनलाइनमा पहिलो पटक पढेकी हुँ ’ उनले भनिन् ,‘अब कलेज सुरु हुँदा पनि नपढेको विषय पढ्ने कुरा भएको छ । अहिले पढेको दोहोरीदैन ।’ भौतिक रुपमा कक्षामा सहभागी नहुदा पनि पढाइ हुदा अन्सा  खुसी छिन् ।

Read more

कान्तिपुरको कार्टुनलाई लिएर प्रधानमन्त्री ओलीको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कान्तिपुर दैनिकमा प्रकाशित कार्टुनलाई लिएर आपत्ति जनाएका छन् । आइतबार बालुवाटारमा आयोजित पार्टी निकट पत्रकारहरुसँगको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कान्तिपुर दैनिकको प्रथम पृष्ठमा प्रकाशित कार्टुनलाई लिएर आपत्ति जनाएका हुन् ।

Read more

मंगलसेन ६ मा घरमै पुगेर स्वास्थ्य सेवा

मंगलसैन नगरपालिका ६ ले नागरिकको घर दैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गरेको छ । वडा अध्यक्ष जनकराज भण्डारीको नेतृत्वमा गएको जनप्रतिनिधी सहीत स्वास्थ्यकर्मिको टोलिले वडामा रहेका ६ वटै टोलका दुई सय ९६ घर घुरीका नागरिकलाई स्वास्थ्य सेवा प्रदार्न गर्ने गरी टोल स्वास्थ्य शिविरको संचालन गरिएको छ ।

Read more

माधव नेपाल भन्छन अर्को पार्टी खोल्ने निर्णय गर्‍यौं

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेकपा (एमाले) भित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ ।

Read more

संवैधानिक व्यवस्थाअनुसार नै बजेट ल्याउँछौँ : विष्णु पौडेल

विकसित राजनीतिक घटनाक्रमबाट बजेट कति पनि प्रभावित भएको छैन । बजेट अन्तिम चरणमा पुगेको छ । संवैधानिक व्यवस्थाअनुसार नै बजेट आउनेछ । संविधानले जे व्यवस्था गरेको छ, सोहीअनुसार बजेट ल्याउँछौँ । कहाँ पेस गर्ने, कसरी ल्याउने, अध्यादेश कि के भन्ने कुरा छैन, जे संवैधानिक व्यवस्था छ, सोहीअनुसार आउँछ । त्यो भनेको अध्यादेश पनि हुन सक्छ । संसद् नहुँदा अध्यादेशबाट बजेट ल्याउनुको विकल्प देखिँदैन : सुरेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री एवं एमाले नेता

Read more

राष्ट्रपति कार्यालयको वेबसाइटबाट हटाइयो शुक्रबार रातिका दुवै प्रेस विज्ञप्ति

राष्ट्रपति कार्यालयको वेबसाइटबाट शुक्रबार राति जारी भएका दुवै प्रेस विज्ञप्ति हटाइएको छ। ‘प्रधानमन्त्री नियुक्ति सम्बन्धमा’ र ‘प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको निर्वाचन मिति तोक्नु भएको’ शीर्षकमा राखिएका दुवै विज्ञप्ति हटाइएको छ।

Read more

कल्पनै नगरेको परिस्थितिमा कसरी ल्याउने बजेट ?

संसद् नभएको अवस्थामा आपत्कालीन प्रयोजनका लागि अध्यादेश ल्याउने अभ्यास छ । असार मसान्तसम्म राजस्व उठाउन र खर्च गर्न सरकारलाई बाधा छैन । त्यसैले साउन १ बाट कार्यान्वयन हुने र प्रतिनिधिसभा ब्युँतने सम्भावनासमेत रहेकाले अध्यादेशबाट बजेट ल्याउन नहुने संविधान तथा अर्थविद्हरुको धारणा छ ।

Read more

निर्वाचन गर्न ८ अर्ब लाग्ने

प्रतिनिधिसभाको कात्तिक २६ र मंसिर ३ गते हुने निर्वाचनका लागि ८ अर्ब रूपैयाँ लाग्ने अनुमान निर्वाचन आयोगको छ। यसअघि गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाखमै दुई चरणमा निर्वाचन घोषणा भएको बेला आयोगले सरकारसँग ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रूपैयाँ माग गरेको थियो। तर फागुनमा सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि आयोगले सबै तयारी स्थगित गरेको थियो

Read more

‘महामारीका बेला देश दुर्घटनातर्फ धकेल्नेहरूलाई जनताले क्षमा गर्ने छैनन्’ – पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमप्रति आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधि सभा विघटनले देश दुर्घटनातर्फ गएकाे उनकाे टिप्पणी छ ।

Read more

सुरुमा अध्यादेश, त्यसपछि सिध्यादेश !

ले घास, आखिर ओल्बाले जे कानेखुसी गरेका थिए रापबाट त्यही फरमान जारी भयो मध्यराति । अघिल्लो फरमानअनुसार बिहीबार दिउँसो विपक्षी दलहरू नयाँ सरकार बनाउन बहुमत सांसदको हस्ताक्षर जुटाएर शीतलनिवास पुग्दा ओल्बा शीतल निवासबाट के–के कानेखुसी गरीवरी फर्किँदै थिए ।

Read more

नाइजेरियामा विमान दुर्घटना हुँदा सेनाका प्रमुखसहित ११ जनाको मृत्यु

नाइजेरियामा विमान दुर्घटना हुँदा सेनाका प्रमुख लेफ्टिनेन्ट इब्राहिम अत्ताहिरुको ज्यान गएको छ । उत्तर पश्चिम राज्य कडुनामा भएको विमान दुर्घटनामा उहाँ र चालक दलका सदस्यसहित अन्य १० जनाको ज्यान गएको हो ।

Read more

निषेधाज्ञामा खाद्यवस्तुका उद्योग पनि बन्द हुन थाले, गुडलाइफ बिस्कुट र मगमग चाउचाउ बन्द

कडा निषेधाज्ञा कारण मालवस्तुको बिक्री र ढुवानीमा असर परेपछि पूर्वका खाद्यवस्तुका उद्योग बन्द हुन थालेका छन्। गत वर्षको लकडाउनमा शत प्रतिशत क्षमतामा उत्पादन र कारोबार गरेका खाद्यवस्तुका उद्योगलाई नेपाल र भारतको कडा लकडाउनले यस पटक बन्दको अवस्थामा पुर्‍याएको छ।

Read more

१५३ जना सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्री पदमा ओलीको पनि दाबी

नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री पदको लागि दावी गरेका छन् ।

Read more

सुरेन्द्र पाण्डेले भने- देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छैन, पुरानो हस्ताक्षर दुरुपयोग भयो

नेकपा एमालेका सुरेन्द्र पाण्डेले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन वैकल्पिक सरकार दावी गर्ने २७ जना एमाले सांसदको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।

Read more

वैकल्पिक प्रधानमन्त्री शेर बहादुर देउवा प्रस्तावित

विपक्षी गठबन्धनबाट नयाँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रतावित भएका छन्। गठबन्धनले संकलन गरेको हस्ताक्षर अभियानमा देउवालाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ। सोही प्रस्ताव लिएर नेताहरु शीतल निवास पुगेका छन्

Read more

बहुमत पुर्‍याएर राष्ट्रपतिकोमा जाने तयारीमा विपक्षी गठबन्धन

बिपक्षी गठबन्धनले राष्ट्रपतिले दिएको समयसीमा भित्र बहुमतको सरकार गठनको दावी पेश गर्ने तयारी गरेका छन् । शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको नेताहरुको छलफलपछि देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सारेर सरकार गठन गर्न बहुमत जुटाउने प्रयासलाई तीव्रता दिइएको हो । विपक्षी गठबन्धनले सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेको एक नेताले बताए ।

Read more

देउवालाई ओलीको फोन : तपाईं आफैं सरकार बनाउनु, नभए मलाई सघाउनु

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शुक्रबार बिहान फोन गरेर राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन्।

Read more

भीम रावलपनि पुगे झोला बोकेर देउवा निवासमा

नेकपा एमालेका नेता डा. भीम बहादुर रावलपनि विपक्षी गठबन्धनको बैठकमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेका छन् । यसअघि एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पनि देउवा निवास पुगिसकेका छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षको अहिले बैठक जारी छ ।

Read more

रवि लामिछानेको जनमैत्री अस्पतालको ठगी धन्दा : पैसा तिर्न नसक्दा उठेन सङ्क्रमितको शव

‘सरकार नभए पनि हामी छौँ’ भन्दै रवि लामिछानेको नेतृत्वमा सञ्चालित अस्पतालले नै महाविपत्तिलाई कमाऊधन्दाकाे उपयोग गरिरहेको पुष्टि भएको छ । ‘पैसा तिर्न सक्नेका लागि सबै सुलभ र पैसा नहुनेहरूका लागि सित्तैमा उपचार गर्ने’ नारा बजाउँदै आएको सो समूहले नै लुट मच्चाइरहेको देखिएको छ ।

Read more

सुदूरवासीमा रोगभन्दा भोकले मरिने त्रास जोखिम नटर्दै भारत जाने संख्या पुनः बढ्यो

बिहिबार साँझ अछामका रेवन्त साउँद निधारमा रातो टिका र काँध ठूलो झोला बोकेर भारत जानका लागि गौरीफन्टा नाका पुगेका थिए। यो महामारीमा जोखिम मोलेर भारत जानु उनको रहर होइन, बाध्यता थियो। त्यो कुरालाई उनको मलिनो अनुहारले स्पस्ट पारेको थियो।

Read more

प्रेस युनियन पाँचथरद्वारा सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

नेपाल प्रेस युनियन पाँचथर शाखाले जिल्लाका सञ्चारकर्मी तथा सञ्चार गृहहरूलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोभिड १९ कोरोना भाइरस बाट सावधानी अपनाउँदै सञ्चारकर्मीले सुरक्षित भएर काम गर्न सकुन् भन्ने उद्देश्यले युनियनले बिहीबार सामाजिक दूरी कायम गर्दे घरघरमै तथा कार्यालयमा लगेर मास्क,सेनिटाईजर,साबुन लगायतका सामाग्री प्रदान गरेको हो ।

Read more

लुँग्रेली समाज अछामद्धारा स्वास्थ्य सामाग्री बितरण

लुंग्रेली समाजले चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुंग्रामा स्वास्थ्य सामाग्री बितरण गरेको छ । कोरोना महांमारी नियन्त्रणमा सहयोग पुग्ने हेतुले प्रर्बासका बिभिन्न ठाउँमा बस्दै आउनु भएकोे लुंग्रेली दाजुभाइले संकलनल गरि पठाएको ८२ हजार बराबरको स्वास्थ्य सामग्री बितरण गरेको छ ।

Read more

सुदूरपश्चिमका दुईसहित ७ मन्त्रीको नियुक्ति बदर, स्वतः पदमुक्त

सर्वोच्च अदालतले मन्त्रिपरिषद्का सात मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषदमा नियुक्त भएका सात जना मन्त्रीको निरन्तरता असंवैधानिक भएको ठहर गरेको हो ।

Read more

धनगढीमा सुरक्षित रक्तदान कार्यक्रम अन्तरगत धनगढी ग्यालरी टिमद्धारा रक्तदान

धनगढीमा सुरक्षित रक्तदान कार्यक्रम अन्तरगत धनगढी ग्यालरी टिमद्धारा रक्तदान गरिएको छ । धनगढीमा रगतअभावपछी सुरक्षित मातृत्व सञ्जाल नेपालको आयोजनामा धनगढी उपमहानगरपालीका,नेपाल रेड्क्रस सोसाइटीको सहकार्यमा धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । सोही क्रममा धनगढीको रंगशालामा आज तेस्रो दिन धनगढी ग्यालरी समुहद्धारा रक्तदान गरिएको हो। धनगढीमा रक्तदान कार्यक्रम यहि जेठ १ गते देखी ३० गतेसम्म जारी सुरक्षित रक्तदान कार्यक्रम दैनिक बिहान ८ देखी १० बजेसम्म हुँदै आएको छ ।

Read more

भुल एकता समाजद्वारा जिल्ला अस्पताल र बयालपटा अस्पताललाई स्वास्थ्य समाग्री वितरण

“आजको आवश्यकता, सामाजिक विकासको निम्ति पारिवारिक एकता“ भन्ने मुल नारा संगै एकिकृत भएको भुल एकता समाज पछिल्लो समयमा सामाजिक कार्यमा सक्रिय देखिएको छ । आफ्नो स्वास्थ्य जोखिममा राखेर बिरामीको सेवामा अहोरात्र खटिएका स्वास्थ्यकर्मी र हस्पिटल प्रसाशनलाई उर्जा थप्नको निम्ति अछामको जिल्ला अस्पताल, मंगलसेन र बयालपाटा अस्पताललाई भुल एकता समाजले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

Read more
Page 60 of 129