Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २५ बैशाख २०८१

नाइजेरियामा विमान दुर्घटना हुँदा सेनाका प्रमुखसहित ११ जनाको मृत्यु

नाइजेरियामा विमान दुर्घटना हुँदा सेनाका प्रमुखसहित ११ जनाको मृत्यु

नाइजेरियामा विमान दुर्घटना हुँदा सेनाका प्रमुख लेफ्टिनेन्ट इब्राहिम अत्ताहिरुको ज्यान गएको छ । उत्तर पश्चिम राज्य कडुनामा भएको विमान दुर्घटनामा उहाँ र चालक दलका सदस्यसहित अन्य १० जनाको ज्यान गएको हो ।

मौसममा आएको खराबीका कारण विमान दुर्घटनामा परेको त्यहाँको सेनाले जनाएको छ । विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

५४ वर्षका इब्राहिम अत्ताहिरु गएको जनवरीमा सेनाका प्रमुख बन्नु भएको थियो । नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले घटनाप्रति दु:ख व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया