Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २५ बैशाख २०८१

भीम रावलपनि पुगे झोला बोकेर देउवा निवासमा

भीम रावलपनि पुगे झोला बोकेर देउवा निवासमा

नेकपा एमालेका नेता डा. भीम बहादुर रावलपनि विपक्षी गठबन्धनको बैठकमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेका छन् । यसअघि एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पनि देउवा निवास पुगिसकेका छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षको अहिले बैठक जारी छ ।

आजको बैठकमा वैकल्पिक सरकार गठनबारे छलफल भएको बताईएको छ । कांग्रेसको आज विहान बसेको पदाधिकारी बैठकले राष्टपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनेबारे छलफल गरेको थियो । र, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि राष्टपतिमाथि महाअभियोग लगाउनेबारे सल्लाह भैरहेको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय एमालेको माधव नेपाल पक्षधर कांग्रेसको नेतृत्वमा सरकार गठन होस भन्ने पक्षमा पुगेको छ ।

प्रतिक्रिया