Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २४ बैशाख २०८१

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

ओलीले अडान छोड्नुपर्छ, नत्र पार्टी बर्बाद हुन्छ - माधव नेपाल

नेकपा (एमाले) को विभाजन रोक्नको लागि अन्तिम प्रयास भैरहेको छ । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु राजीनामा दिन सिंहदरबारस्थित् संसद् सचिवालयमा पुगेको बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका दूत बनेर विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ नेता नेपालसँग भेटवार्ताको लागि पुगेका थिए ।

Read more

नेपाल पक्षका २० सांसदले गरे राजीनामापत्रमा हस्ताक्षर, एमाले फुटतर्फ

नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको लागि कुनै पहल नगरेको र पार्टी फुटाउने नै मानसिकता राखेकाले राजीनामा दिनुको विकल्प नभएको नेपाल–खनाल पक्षका नेताहरूले बताएका छन् ।

Read more

दोस्रो प्राथमिकतामा खोप लगाएका १५ लाखलाई दोस्रो डोजको चिन्ता, लगाउन नपाए के हुन्छ ?

गत फागुन २३ गते पछाडि दोस्रो प्राथमिकतामा परेर कोरोनाविरुद्धको खोप लगाएका करिब १५ लाख नागरिकलाई दोस्रो डोज खोपको चिन्ता बढेको छ । पहिलो खोप लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने भएपनि खोपको व्यवस्था नहुँदा करिब १५ लाख जनसङ्ख्यालाई दोस्रो डोजको चिन्ता बढेको हो ।

Read more

नेपालमै ३ युवाले बनाए सेन्सरयुक्त सेनिटाइजर मसिन

नुवाकोटका तीन युवाले सेन्सरयुक्त सेनिटाइजर मसिन निर्माण गरेका छन् । विज्ञान विषयका शिक्षक काजी खान र अन्य दुई इन्जिनियर युवाहरु नरेश्वर पाण्डे र यशराज खड्काले जारी निशेधााज्ञाबीच एक हप्ताको अवधिमा यस्ताे मसिन निर्माण गरेका हुन् ।

Read more

हुलाकी सडक खण्डको रुख कटान कैलालीमा कालो बोका काटेर सुरु गरियो

कैलालीको बसन्ता वन क्षेत्रस्थित हुलाकी सडक खण्डमा पर्ने रुख कटान सुरु गरिएको छ।  जिल्लाको कैलारी गाउँपालिका–५ को कटैनी नदीदेखि छटकपुर बसन्तासम्म पर्ने २ किलोमिटर सडकखण्डमा रुख कटान शुक्रबारदेखि सुरु गरिएको हो।

Read more

५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था छैन्ः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले भारतसँग भएको सम्झौता भए अनुसार बाँकी खोप तत्काल नआउने बताएको छ । आज स्वास्थ्य मन्त्रालयले एक सुचना जारी गर्दै ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने तत्काल अवस्था नरहेको जानकारी दिएको हो ।

Read more

पर लैजाऊ फूलहरू... अस्थाए प्रेम ध्वज प्रधान

‘संगीतका लागि आज कालो दिन नै हो, उहाँ संगीतको विश्वविद्यालय नै हो । सम्पूर्ण संगीतप्रेमीले एक आदर्श गायक, संगीतकार र अभिभावक नै गुमाएको छ ।’

Read more

सिरमसँग खोप खरिदमा ‘बिचौलिया कनेक्सन’को अन्तर्कथा यस्तो छ

बेलायतको अक्सफोर्ड विश्‍वविद्यालयले विकास गरेको अष्ट्राजेनिका खोपको व्यवसायिक उत्पादन हाम्रै छिमेकी भारतको पुणेस्थित सिरम इन्स्टिच्यूट इण्डिया प्रा.लि.ले सुरु गर्‍यो । खोपको व्यावसायिक उत्पादन सुरु भएपछि भारतले नेपाललाई पनि १० लाख डोज खोप अनुदानमा दियो ।

Read more

सुदूरपश्चिममा मात्रै थप १२ जना संक्रमितको मृत्यु

कैलाली र कञ्चनपुरमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । महेन्द्रनगरको महाकाली अस्पतालमा आठ र धनगढीको सेती प्रादेशिक अस्पतालमा चार जना गरी थप १२ जनाको मृत्यु भएको हो ।

Read more

आफू चढ्ने गाडीलाई मेयर र उपमेयरले बनाए कोरोना संक्रमित बोक्‍ने एम्बुलेन्स

कोभिड १९ का बिरामीहरुको चाप अत्यधिक बढ्‍दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ । नगरपालिकाभित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकोले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको हो ।

Read more

२२ दिनमा ४१७ जनाले ज्यान गुमाए, यसरी बढ्दै छ कोरोना संक्रमणबाट मृत्यु हुनेको ग्राफ

कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपालमा संक्रमण तीव्र बनेको छ। अहिले दैनिक संक्रमण आठ हजार नाघेको छ।

Read more

सेती प्रादेशिक अस्पतालको शय्या र ग्यालरी भरियो, प्राङ्गणमा उपचार हुँदै

सुदूरपश्चिम प्रदेशकै रेफर सेती प्रादेशिक अस्पताल, जहाँ ५५ जना कोभिड संक्रमितको उपचार हुँदैछ । कोभिड परीक्षणका लागि स्वाब दिएका तर रिपोर्ट प्राप्त नगरेका शंकास्पद र गम्भीर प्रकृतिका बिरामीको संख्या झन बढी छ । उनीहरूको प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

Read more

पहिले 'तीन महिनाभित्र सबैले खोप पाउँछन्' भनेजस्ता नहोस, अबचाँही प्रधानमन्त्रीले बोलेको पुगोस

प्रायः ‘उटपट्याङ’ कटाक्ष गर्ने प्रधानमन्त्री खड्गप्रसाद ओलीले सोमवार भने गम्भीर र जिम्मेवार अभिव्यक्ति दिए । राजनीतिक भद्रगोलका बीच सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओली आफ्नो स्वभावविपरीत कोभिड(१९ को महामारीमा केन्द्रित हुनु स्वयंमा सुखद आश्चर्य हो ।

Read more
Page 63 of 129