Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०६ जेठ २०८१

ओलीले अडान छोड्नुपर्छ, नत्र पार्टी बर्बाद हुन्छ - माधव नेपाल

ओलीले अडान छोड्नुपर्छ, नत्र पार्टी बर्बाद हुन्छ - माधव नेपाल

नेकपा (एमाले) को विभाजन रोक्नको लागि अन्तिम प्रयास भैरहेको छ । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु राजीनामा दिन सिंहदरबारस्थित् संसद् सचिवालयमा पुगेको बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका दूत बनेर विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ नेता नेपालसँग भेटवार्ताको लागि पुगेका थिए ।

नेता नेपाल, पौडेल र नेम्वाङबीच सिंहदरबारमा वार्ता जारी छ । उक्त भेटवार्तामा नेता नेपालले पार्टी एकता चाहेको हो भने अध्यक्ष ओलीलाई आफ्नो अडानबाट ब्याक हुन भनेका थिए । प्रधानमन्त्री ओलीले भने भोलि संसदमा विश्वासको मत लिने भएका छन् । त्यो भन्दा अघि नै नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिन लागेका थिए । नेपाल पक्षधर सांसदहरुले लिखित रुपमै राजीनामा नेता नेपाललाई बुझाएको जनाईएको छ ।

प्रतिक्रिया