Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०५ बैशाख २०८१

शरीरमा एसिडिटी बढी भएको कसरी थाहा पाउने ?

शरीरमा एसिडिटी बढी  भएको कसरी थाहा पाउने ?

के तपाईंको शरीरमा बारम्बार स–साना स्वास्थ्य समस्या देखिन्छन् वा विनाकारण ड्रिंग्स गर्न मन लाग्छ । यस्तो हुनुको पछाडि सम्भवतः तपाईंको शरीरमा अम्लीय वा एसिडिटी तत्व बढी भएको हुन सक्छ । एसिडिटीलाई शरीरलाई अस्वस्थ बनाउने एक तत्वका रूपमा मानिन्छ । जसले खाना कम खान मन लाग्ने र शरीरमा समस्याहरू सिर्जना गर्छ । शरीरमा एसिडिटीको मात्रा बढी भएको यसरी थाहा पाउन सकिन्छ । 

हड्डी कमजोर बनाउने
शरीरमा अम्लीय तत्व धेरै हुँदा हड्डीबाट क्याल्सियम सोस्ने काम गर्छ । जसले हड्डी निकै हलुका र कमजोर बन्ने गर्छ । चिकित्सा विज्ञानको भाषामा यसलाई अस्टियापोरोसिय भनिन्छ । जसका कारण हड्डी कमजोर मात्र हुँदैन, सामान्य लड्दा पनि फ्याक्चर वा सजिलै भाँचिने सम्भावना हुन्छ । यसको समाधान पनि छ । रातो मासु, कोल्डड्रिङ्स र एसिडिक खानाबाट टाढा रहनुपर्छ । साथै दुग्धजन्य प्रदार्थले यो समस्या समाधान गर्न सहयोग गर्छ ।

छालामा समस्या
अम्लीय पदार्थ बढी भए शरीरमा ‘पिएच’ तत्व सन्तुलनमा रहँदैन, त्यसले सीधै मिर्गौला र कलेजोमा असर गर्छ । शरीरको महत्वपूर्ण भागका रूपमा मिर्गौला र कलेजोलाई लिइन्छ । अम्लीय तत्वका कारण यी अंगले राम्रोसँग काम गर्न सक्दैनन् र शरीरमा उत्पन्न खराब तत्व बाहिर निस्कन पाउँदैन । यसका लागि नियमित रूपमा खानामा नियन्त्रण तथा चिनीयुक्त खाद्यपदार्थ कम खाने गर्नुपर्छ । 

मांसपेशीको दुखाइ
अधिक एसिडले रक्तनली र मांसपेशीलाई साघुर्‍याउँछ । यसको कारण मांसपेशीमा पुग्ने अक्सिजनयुक्त रक्तनली कडा बन्छ जसका कारण शारीरिक अभ्यासका वेला निकै समस्या हुन सक्छ । अधिक एसिडका कारण शरीरमा अक्सिजन, भिटामिन र पोषकतत्वको कमी हुन्छ । जसका कारण मांसपेशी र जोर्नीहरूमा दुखाइ हुन्छ । यदि मांसपेशी र जोर्नीहरूमा समेत दुखाइ महसुस हुन्छ भने यो शरीरमा अम्लीय तत्व बढी भएको एक लक्षण हुन सक्छ । यो समस्याबाट मुक्त हुन जंकफुड, चिनीजन्य पदार्थ, क्याफिनयुक्त खान र रातोमासु खाना कम गर्नुपर्छ । साथै फलफूल तथा सागपात, दूधजन्य पदार्थको मात्रा बढाउनुपर्छ । 

सधैँ थकानको महसुस
हाम्रो शरीरलाई दैनिक र महत्वपूर्ण कार्यहरूका लागि तरल पदार्थ आवश्यकता पर्छ । यस्ता तरल पदार्थले शरीरमा पानीको मात्रा, पोषण, अक्सिजन आदिको ढुवानी गर्छन् । यदि शरीरमा अम्लीय पदार्थ अधिक भएमा यी कार्य सुस्त हुन्छ । साथै जुनवेला पनि शरीर थाकेको अनुभाव हुन्छ । यो समस्या सुल्झाउन नियमित अभ्यास गर्नुपर्छ । थकानबाट लड्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ । अल्कोहलबाट टाढा रहने, बढी आराम गर्ने तथा सुन्तलित खाना खानुपर्छ । 

प्रतिक्रिया