Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०६ जेठ २०८१

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

आफू चढ्ने गाडीलाई मेयर र उपमेयरले बनाए कोरोना संक्रमित बोक्‍ने एम्बुलेन्स

कोभिड १९ का बिरामीहरुको चाप अत्यधिक बढ्‍दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ । नगरपालिकाभित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकोले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको हो ।

Read more

२२ दिनमा ४१७ जनाले ज्यान गुमाए, यसरी बढ्दै छ कोरोना संक्रमणबाट मृत्यु हुनेको ग्राफ

कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपालमा संक्रमण तीव्र बनेको छ। अहिले दैनिक संक्रमण आठ हजार नाघेको छ।

Read more

सेती प्रादेशिक अस्पतालको शय्या र ग्यालरी भरियो, प्राङ्गणमा उपचार हुँदै

सुदूरपश्चिम प्रदेशकै रेफर सेती प्रादेशिक अस्पताल, जहाँ ५५ जना कोभिड संक्रमितको उपचार हुँदैछ । कोभिड परीक्षणका लागि स्वाब दिएका तर रिपोर्ट प्राप्त नगरेका शंकास्पद र गम्भीर प्रकृतिका बिरामीको संख्या झन बढी छ । उनीहरूको प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

Read more

पहिले 'तीन महिनाभित्र सबैले खोप पाउँछन्' भनेजस्ता नहोस, अबचाँही प्रधानमन्त्रीले बोलेको पुगोस

प्रायः ‘उटपट्याङ’ कटाक्ष गर्ने प्रधानमन्त्री खड्गप्रसाद ओलीले सोमवार भने गम्भीर र जिम्मेवार अभिव्यक्ति दिए । राजनीतिक भद्रगोलका बीच सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओली आफ्नो स्वभावविपरीत कोभिड(१९ को महामारीमा केन्द्रित हुनु स्वयंमा सुखद आश्चर्य हो ।

Read more

गएरातिदेखि आन्तरिक हवाई उडान बन्द

सरकारले सबै आन्तरिक हवाई उडान बन्द गरेको छ । मन्त्रीपरिषद्‍को निर्णयबमोजिम गएरातिदेखि लागु हुने गरी आन्तरिक उडान अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो ।

Read more

नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाउन दिने

कोभिड-१९ संक्रमणको जोखिम भएपछि नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यालयमै अस्पताल बनाउन अनुरोध गरेको छ । नुवाकोट कांग्रेसले कोभिड संक्रमितहरूलाई व्यवस्थापन गर्न विदुरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा करिव १२० शैयाको कोभिड अस्थायी अस्पताल बनाउन मिल्ने भन्‍दै जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई अनुरोध गरेको हो ।

Read more

माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्धविच्छेद

विवाह गरेको २७ वर्षपछि माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिन्डा गेट्सले सम्बन्धविच्छेद गरेका छन् । यो जोडीले ट्वीटरमा एक ट्वीट गर्दै अब जोडीका रुपमा अघि बढ्न नसक्ने उल्लेख गरेकाे हाे ।

Read more

विश्व प्रेस स्वतन्त्रताको अवसरमा प्रेस चाैतारी अछामद्वारा शुभकामना व्यक्त

कोरोना भाइरस लगायत विपतका बेलामा अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारको सुरक्षामा विशेष ध्यान दिन आग्रह बैशाख २०, अछाम विश्व प्रेस स्वतन्त्रता दिवशको अवसरमा प्रेस चाैतारी नेपाल जिल्ला समिति अछामले शुभकामना व्यक्त गरेकाे छ । जिल्ला समिति संयाेजक कृष्ण बहादुर बुढा र सहसंयाेजक टेक बहादुर थापाद्वारा एक बिज्ञप्ती मार्फत शुभकामना व्यक्त गर्नुभएको हाे । दिवसको अवसरमा सम्पूर्ण पत्रकार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षधर सबैमा शुभकामना व्यक्त गरिएको छ ।

Read more

आन्तरिक राजश्व विभाग का महानिर्देशक भन्नुहुन्छ - कर तिर्न भौतिक रुपमा उपस्थित हुन पर्दैन

आन्तरिक राजश्व विभागले निषेधाज्ञा जारी भएका जिल्लाका करदाताले कर तिर्नकै लागि कार्यालयमा भौतिक रुपमा उपस्थित हुन नपर्ने बताएको छ।

Read more

जो आफैं बिरामी छन् तर निरन्तर संक्रमितको उपचार गर्दैछन्

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको कोभिड आइसोलेसन वार्डमा कार्यरत डा. पुरुषोतम बर्मा आफै अस्वस्थ छन्। कोरोना संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहने उनलाई विगत ५/६ दिनदेखि ज्वरो, रुघाखोकी र श्वास फेर्ने समस्याले सताइरहेको छ। कोरोनाको लक्षणसँग मिल्दोजुल्दो रहेको आफ्नो स्वास्थ्य समस्याभन्दा उनी वार्डमा भर्ना भएका संक्रमितको स्वास्थ्यप्रति बढी चिन्तित छन् र त आफू अस्वस्थ हुँदा पनि उपचारमा तल्लिन भइरहेका छन्।

Read more

नेपालमा अस्पताल भर्ना भएका १७ प्रतिशत संक्रमित गम्भीर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो पटक गम्भीर बिरामीको संख्या दिनदिनै बढिरहेको छ। अहिलेसम्मको तथ्यांक अनुसार, अस्पताल पुगेकामध्ये १७ संक्रमितलाई आईसीयू तथा भेन्टिलेटरमा राख्नुपरेको छ।

Read more

गान्धारीको श्राप

गान्धारीको कुरा सुनेर वासुदेव कृष्ण झस्के । गान्धारीबाट त्यस्तो कुरा सुन्नुपर्ला भन्ने सोचेकै थिएनन् । अवस्था नाजुक पाएपछि बचाउ गर्दै भने– ‘माताजी ! तपाईँलाई भ्रम भए जस्तो छ । युद्ध किन भयो तपाईँलाई थाहै छ । युद्ध रोक्न केकति प्रयास गरेँ त्यो पनि थाहा हुनुपर्छ भन्ने ठान्छु । दैवको ईच्छा नै त्यस्तै थियो भने कसको के लाग्दो रहेछ र । रोक्न खोज्दाखोज्दै पनि युद्ध भएरै छाड्यो । युद्ध मैदानमा उत्रनै परेपछि आफूले सकेको गर्छन्, गरेकै हुन्छन् सबैले । यहाँ भएको पनि त्यस्तै हो । कौरवले सकेका भए पाण्डवहरूलाई सिध्याउँथे । पाण्डवले सके कौरवहरू सिद्धिए । यसमा मेरो कुनै दोष थिएन, छैन । फेरि पनि मलाई नै दोषी देख्नुभएको छ भने त्यो तपाईँको दृष्टि दोष हो । यसबाहेक केही होइन ।’ ‘होइन, होइन वासुदेव ! कुरा त्यसो होइन ।’ कडा प्रतिवाद गर्दै गान्धारीले भनिन्– ‘नानाभाँतीका दाउपेच लगाएर युद्ध गरायौ, लाखौँ मानिसको ज्यान लियौ, लिन लगायौ अहिले आएर उम्कन खोज्दै छौ भने तिमीलाई के भनुँ ? अर्जुनले भनेकै थिए युद्ध गर्दिन, आफन्तलाई मारेर राज गर्नु छैन, योभन्दा त सन्यास लिनु उत्तम हो भन्ने कुरा । तिमी नै होइनौ लम्बेतान गीता प्रवचन सुनाएर युद्ध गर्न लगाउने ? विचरा अर्जुनले पछि छोरा अभिमन्युको मृत्युुका बेलामा पनि युद्ध गर्दिन भनेका थिए । त्यतिबेला पनि तिमीले नै नानाभाँतीका तर्क गरी युद्धमा होमिन बाध्य पारेका थियौ । महारथि कर्णलाई जमिन रथ भासिएर असहाय भएका बेलामा समेत छाडेनौ । अर्जुनले निशस्त्र मानिसमाथि हतियार उठाउनु हुन्न भन्दाभन्दै फलाम तातेको बेला हम्मर न नचलाएर कहाँ हुन्छ भन्यौ, हतियार उठाउन लगायौ । सत्यवादी युधिष्ठिरलाई समेत अर्ध सत्य बोल्न लगाएर गुरु द्रोणाचार्यको हत्या गरायौ । फेरि पनि कुन मुखले मेरो कुनै दोष छैन भन्दै छौ ?’ ‘ओ हो ! माताजी ! तपाईँलाई कसरी सम्झाऊँ ।’ लामो सास फेर्दै वासुदेव कृष्णले भने– ‘हो सत्य त्यही हो तर त्यो मात्र होइन । तपाईँले एउटा पाटो मात्र हेर्नुभयो तर त्यस्तो अवस्था किन आयो भन्नेतर्फ ध्यान दिनुभएन । त्यस्तो अवस्थामा पु¥याउने कौरवहरू नै हुन् । उनीहरूकै कारण ती सब भएका हुन् । पाण्डवहरू निमित्त मात्र हुन्, जे भएका छन् कौरवहरूकै कारण भएका छन् । उनीहरूलाई लाने, उनीहरूलाई खाने उनीहरूकै कर्म हो । जे रोपेका थिए त्यही पाए, त्यही खाए । मेरो कुरा गर्नुहुन्छ भने निमित्तसम्म पनि होइन । मेरा लागि कौरव पाण्डव समान छन्, दुवै आफन्त हुन् । सत्य र धर्मको पुजारी हुँ । जसले सत्य र धर्मको बाटो समाएका हुन्छन् उसैको पक्षमा उभिनु मेरो वाध्यता हो । यहाँ पनि भएको त्यही हो ।’ ‘भो, भो यस्ता आदर्शको कुरा तिमीसितै राख ।’ थप कडा हुँदै गान्धारीले भनिन्– ‘यो पनि तिम्रो बहाना मात्र हो । तिमीले युद्ध रोक्न चाहेकै थिएनौ । तिम्रो चिन्ता युद्ध हुन्छ कि भन्ने भन्दा पनि हुँदैन कि भन्नेमा थियो । के मात्र गरेनौ तिमीले युद्ध गराउका लागि, आफू र आफ्ना पक्षलाई विजय गराउनका निम्ति । साम, दाम, दण्ड, भेद सबै प्रयोग ग¥यौ, गरेका थियौ । दर्जनौँ झुटको सहारा लिएका छौ । कतै छल गरेका छौ, कतै कपट गरेका छौ । अर्जुनलाई उक्साएका छौ । भीमसेनलार्ई मत्याएका छौ । महारथि भीष्मलाई समेत छाडेनौ । असमयमा माता कुन्तीको कुरा उठाएर कर्णलाई कमजोर बनायौ । दुर्योधनलाई कमजोर पार्न मैमाथि चिटिङ ग¥यौ । होला आफ्नो स्थानमा तिमीलाई पनि सही छु भन्ने लागेको होला तर आफू सही छु भन्नेले अरुलाई पनि आफ्नो कुरा सही लागेको हुन सक्छ भन्ने सोच्नुपर्छ, सोच्न सक्नुपर्छ तर तिमीले त्यता ध्यान दिएनौ । एउटा पक्षको कुरा सुन्यौ, उसैको पक्ष लियौ, समग्र शक्ति त्यसैमा खन्यायौ । विमति जनाउने जति सबैलाई शत्रु देख्यौ, शत्रुवत व्यवहार ग¥यौ, गर्न लगायौ, गर्न वाध्य पा¥यौ । तिम्रो उद्देश्य विपक्षमा उभिनेलाई सखाप पर्नु थियो । त्यसैमा खेल्यौ, खेल्न लगायौ, खेल्न बाध्य पा¥यौ । वासुदेव ! तिमी अविभावक थियौ, कौरव र पाण्डव दुवै पक्षको । अविभावकले सबैलाई मिलाएर लानुपर्छ, लान सक्नुपर्छ । जस्तोसुकै अवस्थामा पनि सम्झाइ बुझाइ सबैलाई एउटै ढिक्का बनाउनुपर्छ, एकै ठाउँमा उभ्याउनु सक्नुपर्छ । केही अपमानित नै हुनुपरे पनि त्यसलाई समेत सहुनुपर्छ र सकेसम्म उदार हुनुपर्छ, हुन सक्नुपर्छ, हुन सिक्नुपर्छ तर तिमीले त्यतातिर ध्यानै दिएनौ, मेरो गोरुको बाह्रै टक्का भन्यौ, ‘खाए खा न खाए घिच’ जस्तो ग¥यौ । त्यसैले कुलायनलाई साक्षी राखी श्राप दिँदै छु । जसरी तिमीले मेरो कोख रित्तो बनायौ, आफ्नै अगाडि एकएक गरी छोराहरूको हत्या गरायौ त्यसैगरी तिमीले पनि आफ्नै अगाडि समग्र वंश नाश भएको देख्नुपर्नेछ ।’ यति भनेर उनी अर्कोतर्फ फर्केर रुन थालिन् । वासुदेव कृष्ण ‘जो आज्ञा माताजी ! तपाईँको इच्छा यही हो भने त्यस्तै होला’ भन्दै शिविरतिर लागे । समय बित्दै गयो । सायद वासुदेव कृष्णले गान्धारीको श्रापलाई बिर्सी पनि सकेका थिए होलान् तर भाग्यले भने बिर्सेको थिएन । जतिबेला उनी आफ्नै धाम गोलोक प्रस्थान गर्ने तरखर गर्दै थिए गान्धारीको श्राप लाग्यो । उनकै अगाडि समग्र वंश आपसमा काटाकाट गरी सकिए तर उनले एक शब्दसम्म बोल्न सकेनन् । दाजु बलरामले समेत साथ दिन चाहेनन्, सकेनन्, जो सदा हातमा हात र काँधमा काँध मिलाएर हिँड्थे । उनी पावरमा थिए । चाहेका भए जे पनि गर्न सक्थे, सबैलाई मनाउन सक्थे । नमान्नेलाई सम्झाउन सक्थे तर त्यतातिर ध्यान दिएनन् । उल्टै खेलाइ खेलाइ युद्ध गराए, युद्ध गर्दिन भन्नेलाई पनि बलात् युद्धमा होमिन बाध्य बनाए । अन्ततः त्यसैको फल पाए, फल भोग्न बाध्य भए ।

Read more

४० प्रतिशत काम अझै बाँकी धरहरा उद्घाटनमा हतारो:

बाहिरी आवरण हेर्दा लाग्छ, धरहराको पूरै काम सकियो। टुप्पोमा सुनको गजुर सजिएको छ। २० औं तलामा उपत्यका नियाल्न मिल्ने बार्दली बनेको छ। धरहरा सेतो रङ पोतेर चिरिच्याट्ट पारिएको छ। ठाउँठाउँमा झिलिमिली बत्ती राखिएका छन्। तर बाहिरी आवरणमा देखिएझै धरहराको पुनर्निर्माण पूरा सकिएको छैन। बाहिरबाट सिंगो रुप देखिएको धरहराको अझै धेरै काम गर्न बाँकी छ। काम नसकिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते ‘धरहरा बनिसक्यो’ भनेर उद्घाटन गरेका थिए। तर धरहराको ६० प्रतिशत मात्रै काम सकिएको छ। धरहराको पूरा काम सकिन अझै १ वर्ष पर्खनुपर्छ। कोभिडका कारण काम रोकियो भने अझै बढी समय लाग्नेछ।

Read more

नेपालमा एक दिनमा अहिलेसम्मकै बढी संक्रमित फेला

नेपालमा एक दिनमा अहिलेसम्मकै रेकर्ड संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा संक्रमण पुष्टि भएको हो । पहिलो लहरमा एकै दिन सबैभन्दा बढी ५७४३ जना संक्रमित फेला परेका थिए । १४ हजार ४०३ जनाको पीसीआर र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ५ हजार ७०६ र ५७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ ।

Read more

भोकले रुँदैछन् मजदूर, सरकारलाई छैन चासो

आज मे १ अर्थात् १३२ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस। कोरोना महामारीका कारण यो अघिल्लो र यो वर्ष दिवस मनाइँदैछैन। यो भन्दा ठूलो पीडा त श्रमिक/मजदूरहरूले खेपिरहेका छन्‌।

Read more

कार्यालय प्रमुखकी बहिनीको बिहे नापी कार्यालयमा

कोरोनाका कारण जारी गरिएको निषेधाज्ञाको दोस्रो दिन नापी कार्यालय कैलालीमा एक जोडीको विवाह गरिएको छ । नापी कार्यालयका एक कार्यालय सहयोगीका अनुसार कार्यालयका प्रमुख नापी अधिकृत सुदर्शन सिंह धामीको बहिनीको विवाह आयोजना गरिएको हो । उनले भने, 'कैलाली प्रशासनको अनुमतिबाटै विवाहको आयोजना गरिएको हो ।

Read more

जनता मार्ने माध्यम नबनोस् दोस्रो लकडाउन दिवस !

ए हजुर, सङ्घीय राजधानीमा आजदेखि, खै … निषेधाज्ञा हो कि लकडाउन हो, सुरू भएको छ । कन्टिर–बाबू भन्छन्– एबिसी नाम जे दिए पनि यो मानिसलाई घरमै नजरबन्द गर्ने निन्जा टेक्निक हो ।

Read more
Page 64 of 129