Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

आन्तरिक उडान बन्द गर्नुपर्ने सिसिएमसीको निष्कर्ष

आन्तरिक उडान बन्द गर्नुपर्ने सिसिएमसीको निष्कर्ष

काठमाडौं - कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) सचिवालय आन्तरिक उडान तत्काल बन्द गर्नुपर्ने निष्कर्षमा पुगेको छ । हिजो त्रिभुवन विमानस्थलमा अनुगमन गर्दा भीडभाड धेरै भएपछि आन्तरिक उडान पनि बन्द गनुपर्ने निषकर्षमा सिसिएमसी पुगेको हो ।

सिसिएमसी सचिवालयको एक टोलीले निषेधाज्ञा लागु हुने पूर्वसन्ध्यामा बुधबार विमानस्थलको अवलोकन गरेको थियो ।

‘विमानस्थलमा यस्तै भिड भइरहने हो भने अब आन्तरिक उडान तत्काल बन्द गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं । विमानस्थलमा भिडभाड बनाएर निषेधाज्ञा सफल हँदैन’, सिसिएमसीमा आवद्ध एक सुरक्षा अधिकारीको भनाइ छ ।

सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञाको घोषणा गरे पनि आन्तरिक र बाह्य हवाई उडान भने यथावतै राख्ने निर्णय गरेको छ । हवाई उडान बन्द नभएपछि उपत्यका आवत–जावत गर्नेहरुको भीड विमानस्थलमा बढेको सीसीएमसीका अधिकारीहरुको भनाइ छ ।

प्रतिक्रिया