Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्धविच्छेद

माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्धविच्छेद

विवाह गरेको २७ वर्षपछि माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिन्डा गेट्सले सम्बन्धविच्छेद गरेका छन् ।

यो जोडीले ट्वीटरमा एक ट्वीट गर्दै अब जोडीका रुपमा अघि बढ्न नसक्ने उल्लेख गरेकाे हाे ।

 

बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकको अन्ततिर भएको थियो, जतिबेला मेलिन्डाले बिल गेट्सको माइक्रोसफ्ट कम्पनीमा काम सुरु गरेकी थिइन् ।

यो अर्बपति जोडीका तीन सन्तान छन् । दुवै मिलेर बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन चलाउँदै आएका छन् । फोर्ब्सका अनुसार बिल गेट्स विश्वकै चौथो धनी हुन्, जसको हालको सम्पत्ति १२४ बिलियन डलर रहेको छ ।

-बीबीसी

प्रतिक्रिया