Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाउन दिने

नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाउन दिने

कोभिड-१९ संक्रमणको जोखिम भएपछि नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यालयमै अस्पताल बनाउन अनुरोध गरेको छ । नुवाकोट कांग्रेसले कोभिड संक्रमितहरूलाई व्यवस्थापन गर्न विदुरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा करिव १२० शैयाको कोभिड अस्थायी अस्पताल बनाउन मिल्ने भन्‍दै जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई अनुरोध गरेको हो ।

नुवाकोटमा कोभिडका संक्रमितहरूको सङ्ख्या बढ्दै जाँदा अस्पतालका बेडहरू क्रमशः भरिदै गएको र  पछिल्लो समय कोभिड संक्रमितहरूका लागि वेड अभाव हुन थालेको गुनासोलाई सम्‍बोधन गर्न अस्पताल बनाउन अनुरोध गरेको सभापति जगदीशनरसिंह केसीले बताए ।

जिल्ला सभापति जगदीशनरसिंह केसीले कोरोनाको नयाँ भेरियन्टसहितको संक्रमण बढेर महामारी फैलिएका वेला जनताको स्वास्थ्योपचारका लागि सरकारले व्यवस्थापन गर्न नसकेको भन्दै कांग्रेसको पार्टी कार्यालयमै अस्पताल बनाउन आग्रह गरेको बताए ।

 

। बिषेश जानकारी । नुवाकोट जिल्लामा कोभिड १९ का संक्रमितहरुको सङ्ख्या बढ्दै जादा अस्पतालका बेडहरु क्रमशः भरिदै गएकाे र ...

Posted by Jagadiswor Narsingh Kc on Monday, May 3, 2021

 

प्रतिक्रिया