Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ जेठ २०८१

प्रधानमन्त्रीको १ हजार शय्याको अस्थायी अस्पताल सेनाले बनाउने घोषणाबारे सेनामा अन्यौल

प्रधानमन्त्रीको १ हजार शय्याको अस्थायी अस्पताल सेनाले बनाउने  घोषणाबारे सेनामा अन्यौल

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको बताएका छन्। सोमबार सरकारी टेलिभिजनबाट देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताए पनि सबैतिर गरेर १ हजार शय्या हो या काठमाडौंमा मात्रै हो भन्ने खुलाएका छैनन्।

प्रधानमन्त्रीको घोषणाबारे नेपाली सेनाभित्र भने अन्यौल देखिएको छ।  नेपाली सेनासँग काठमाडौं, नेपालगञ्ज, पोखरा, इटहरी, धनगढी र वर्दिबासमा गरी ११ सय शय्याका अस्पताल छन्। त्योबाहेक १० बेड क्षमता भएका १६ ओटा फिल्ड एम्बुलेन्स छन्। यी सबै बेड कोभिड डेडिकेटेड गर्न नसकिने सैनिक स्रोतको भनाइ छ।

'हाम्रा ८ लाख सेवाग्राही छन्। हामीले उहाँहरूलाई सेवा पुर्‍याउन कठिन भइरहेको छ,' सैनिक स्रोतले सेतोपाटीसँग भन्यो,'अहिले नै अस्थायी बेड सहितको अस्पताल बनाउन सम्भव छ जस्तो लाग्दैन। हामीले होल्डिङ सेन्टर बनाउने भनेको हो। त्यसलाई अर्कै तरिकाले ब्रिफिङ भएर यस्तो भएको हो कि जस्तो लागेको छ।'

प्रतिक्रिया