सुदूरपश्चिममा मात्रै थप १२ जना संक्रमितको मृत्यु
कैलाली र कञ्चनपुरमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । महेन्द्रनगरको महाकाली अस्पतालमा आठ र धनगढीको सेती प्रादेशिक अस्पतालमा चार जना गरी थप १२ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका ६ जना, दोधारचाँदनी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका एक/एक जनाको मृत्यु भएको जानकारी दिइन् । उनका अनुसार भीमदत्त नगरपालिका–३ का ७४ वर्षीय पुरुष, वडा नम्बर ४ का ७२ वर्षीय पुरुष, वडा नम्बर ५ का ४५ वर्षीय पुरुष, वडा नम्बर ६ का ३५ र ५७ वर्षीय पुरुष र वडा नम्बर ८ की ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।
यस्तै दोधारचाँदनी नगरपालिका–१ का ३१ वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिका–१० का ३६ वर्षीय पुरुषको पनि महाकाली अस्पतालमै मृत्यु भएको कोभिड सम्पर्क व्यक्ति भट्टले बताइन् ।
धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलाली र बझाङका थप चार जनाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिका– ४ का ८१ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका–६ की ५८ वर्षीया महिला, कैलालीकै जोशीपुर गाउँपालिकाका ६० वर्षीया महिला र बझाङको दुर्गाथलीकी ८२ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया