Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २४ बैशाख २०८१

लुँग्रेली समाज अछामद्धारा स्वास्थ्य सामाग्री बितरण

लुँग्रेली समाज अछामद्धारा स्वास्थ्य सामाग्री बितरण

लुंग्रेली समाजले चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुंग्रामा स्वास्थ्य सामाग्री बितरण गरेको छ । कोरोना महांमारी नियन्त्रणमा सहयोग पुग्ने हेतुले प्रर्बासका बिभिन्न ठाउँमा बस्दै आउनु भएकोे लुंग्रेली दाजुभाइले संकलनल गरि पठाएको ८२ हजार बराबरको स्वास्थ्य सामग्री बितरण गरेको छ ।

कोरीया जापान ,युएयी ,अमेरीका भारत मा बस्दै आउनु भएका उँहाहरुले संकलन गरी पठाएको रकमले स्वास्थ्य सामाग्राी खरीद गरी बितरण गरीएको हो । करिब ८२ हजार बराबरको लागतमा खरिद गरिएका उक्त सामाग्री गाउँ पालिकाको वडा नम्बर ५ लुंग्रामा रहेका प्रत्येक ब्याक्तिहरुलाई पुग्नेगरी १५ हजार सर्जिकल मास्क बितरण गरिएको र स्वास्थ्य चौकिमा पनि २ थान नेबुलाईजर,६ थान अक्सोमिटर, मास्क लगाएतका समाग्री हस्तान्तरण गरिएको लुंग्रेजी समाज समाजका अध्यक्ष कृष्ण बहादुर खड्काले जानकारी दिनुभयो । साथै उहाले  कोरोना कोसमा सहयोग गर्ने दाताहरुलाइ सहयोगका लागि अपिल गर्नु भएको छ ।

कार्यक्रममा वडा नं ५ वडाका अध्यक्ष टेक बहादुर खड्का , लुंग्रेली समाजका अध्यक्ष कृष्ण बहादुर खड्का , लुंग्रेलीसमाज प्रबासका उपाध्यक्ष भरत खड्का लागायत अन्य पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो । लुङग्रेली समाजले कोरोना माहांमारिबाट बच्न र बचाउन स्वास्थ्य सुरक्षाका मापदणको पालना गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया