Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २२ बैशाख २०८१

एमाले अछाम इन्चार्जको जिम्मेवारी झपट बोहरालाई

एमाले अछाम इन्चार्जको जिम्मेवारी झपट बोहरालाई

नेकपा एमाले ले सुदुरपश्चिमका नेताहरुको जिम्मेवारी तोकेको छ । प्रदेशको इन्चार्जको जिम्मेवारी उधोग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टलाई दिएको छ ।  सह इन्चार्जमा गणेश सिं ठगुन्ना, नारदमुनी राना, महेस्वर पाठकलाई जिम्मेवारी दिएको छ । रानालाई कैलालीको इन्चार्ज पनि बनाएको छ । प्रदेश अध्यक्षमा कर्ण थापालाई जिम्मेवारी दिएको छ ।  यस्तै कैलाली सह –इन्चार्जमा लीला भन्डारीलाई जिम्मेवारी दिएको छ ।  गौरी कुमारी ओली डोटी इन्चार्ज ,झपट बोहरा अछाम इन्चार्ज ,पुरन सिं दयाल बैतडी इन्चार्ज , लालबहादुर थापा बाजुरा इन्चार्ज , राजेन्द्र सिंह रावललाई प्रदेश सचिब एबम डडेल्धुरा इन्चार्ज तोकेको छ ।