Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

एमाले अछाम इन्चार्जको जिम्मेवारी झपट बोहरालाई

एमाले अछाम इन्चार्जको जिम्मेवारी झपट बोहरालाई

नेकपा एमाले ले सुदुरपश्चिमका नेताहरुको जिम्मेवारी तोकेको छ । प्रदेशको इन्चार्जको जिम्मेवारी उधोग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टलाई दिएको छ ।  सह इन्चार्जमा गणेश सिं ठगुन्ना, नारदमुनी राना, महेस्वर पाठकलाई जिम्मेवारी दिएको छ । रानालाई कैलालीको इन्चार्ज पनि बनाएको छ ।

प्रदेश अध्यक्षमा कर्ण थापालाई जिम्मेवारी दिएको छ ।  यस्तै कैलाली सह –इन्चार्जमा लीला भन्डारीलाई जिम्मेवारी दिएको छ ।  गौरी कुमारी ओली डोटी इन्चार्ज ,झपट बोहरा अछाम इन्चार्ज ,पुरन सिं दयाल बैतडी इन्चार्ज , लालबहादुर थापा बाजुरा इन्चार्ज , राजेन्द्र सिंह रावललाई प्रदेश सचिब एबम डडेल्धुरा इन्चार्ज तोकेको छ ।  

जिम्मेवारी यस प्रकार रहेको छ :-

लेखराज भट्ट :- इन्चार्ज सुदूरपश्चिम प्रदेश, प्रमुख उद्योग तथा वाणिज्य विभाग, इन्चार्ज नेपाल उद्योग व्यवसाय महासङ्घ तथा सम्बद्ध सङ्गठनहरू
कर्ण थापा :-  अध्यक्ष सुदूरपश्चिम प्रदेश
गणेश ठगुन्ना :- प्रमुख सामान्य प्रशासन विभाग, सह इन्चार्ज सुदूरपश्चिम प्रदेश, इन्चार्ज दार्चुला 
नदरमुनि राना :- सह इन्चार्ज सुदूरपश्चिम प्रदेश, इन्चार्ज कैलाली
प्रेम आले :- प्रमुख वन तथा वातावरण विभाग
महेश्वर पाठक :-  सह इन्चार्ज सुदूरपश्चिम प्रदेश
राजेन्द्र रावल :-  सचिव सुदूरपश्चिम प्रदेश, इन्चार्ज डडेल्धुरा जिल्ला
लाल बहादुर थापा :-  इन्चार्ज बाजुरा जिल्ला
निरुदेबि पाल :-  इन्चार्ज कञ्चनपुर जिल्ला
पुरनसिंह दयाल :- इन्चार्ज बैतडी जिल्ला
गौरी ओली :-  इन्चार्ज डोटी जिल्ला
झपट बोहरा :- इन्चार्ज अछाम जिल्ला
भैरव सिंह :- इन्चार्ज बझाङ जिल्ला
दीपक देवकोटा :-  सह इन्चार्ज कैलाली जिल्ला
लीला भण्डारी :- सह इन्चार्ज कैलाली जिल्ला

प्रतिक्रिया