Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

एमाले नेता नेपाल र गौतमबीच भेटवार्ता, के भयो कुराकानी ?

एमाले नेता नेपाल र गौतमबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

जनकपुरबाट काठमाडौँ आउने वित्तिकै नेता नेपालले उपाध्यक्ष गौतमसँग भेटवार्ता गरेका हुन् । दुई नेताबीच पार्टी भित्रको आन्तरिक विवाद र आगामी योजनाका विषयमा कुराकानी भएको जनाइएको छ ।

भेटमा बिहीबार बेलुका बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र नेता गौतमबीच भएको ‘डिनर मिटिङ’माका विषयमा समेत कुराकानी भएको जनाइएको छ। डिनर मिटिङमा आफूले कुनै सहमति नजाएको नेता गौतमले नेता नेपाललाई बताएका थिए।

भेटमा गौतमले आफू एमालेको निर्वाचित उपाध्यक्ष रहेको भन्दै उपाध्यक्ष स्वतः स्थायी समितिमा हुने भन्दै शुक्रबार बनाइएको स्थायी समितिप्रति असहमति रहेको नेता नेपालाई बताएका छन् ।

जै नेकपा९एमाले० को महाधिवेशन आयोजक कमिटीको बैठक राखेर माधव पक्षलाई नसमेटेरी ओलीले स्थायी कमिटी गठन गरेका थिए, जहाँ गौतमलाई भने समेटिएको छ ।

एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला नेपाल र गौतमबीच भेटलाई भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

प्रतिक्रिया