Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १६ बैशाख २०८१

देउवा पछि आफू नै वरिष्ठ नेता भएको गोपालमान श्रेष्ठको दाबी

देउवा पछि आफू नै वरिष्ठ नेता भएको गोपालमान श्रेष्ठको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले सभापति शेर बहादुर देउवा पछि आफू नै वरिष्ठ नेता भएको दाबी गर्नुभएको छ ।

आफैंमा वरिष्ठ भएकाले कसैले बनाउँदा हुने, नबनाउँदा नहुने भन्ने नहुने नेता श्रेष्ठको तर्क रहेको छ ।

यस्तै पार्टीका सबैले हरेक बैठकमा यो कुरा राखेकाले आफूलाई बनाउने कुरामा सबै पक्षका नेताको सहमति भएको पनि उहाँको भनाइ छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले वरिष्ठ नेताको चयन नेतृत्वले गर्ने भएकाले बनाउने वा नबनाउने भने पार्टी सभापति देउवाको मर्जी र हातमा भएको स्पष्ट पार्नुभयो ।

यस्तै अर्को प्रसंगमा नेता श्रेष्ठले अरु पार्टी भ्रष्टाचारी जोगाउन लागे पनि आफ्नो पार्टी आफ्नो वा अर्को नभनीकन सहयोग गरिरहेको दाबी गर्नुभयो ।
नेता श्रेष्ठले बदमासी नगरेकालाई परिबन्दमा पार्न नहुने र भ्रष्टाचारीलाई छोड्न नहुने बताउँदै सुन तस्करी प्रकरण उच्चस्तरीय छानबिन समिति गठन आवश्यकता अनुसार गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया