राष्ट्रिय सभामा नेकपा एसले माग्यो अध्यक्षसहित पाँच सिट
राष्ट्रिय सभामा एमालेसँग सहकार्य नगर्ने अडान लिएको नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनमा राष्ट्रिय सभाको अध्यक्षसहित पाँच सिट मागेको छ ।
गठबन्धनको शनिबारको बैठकमा नेकपा एसले राष्ट्रिय सभा अध्यक्षसहित पाँच सिट माग गरेको हो । यस विषयमा नेकपा एसको सचिवालय बैठकमा समेत छलफल भएको छ ।
राष्ट्रिय सभाका २० सिटमध्ये गठबन्धनभित्र नेपाली कांग्रेसले १३ र माओवादी केन्द्रले सात सिटमा दाबी गरेका छन् ।
नेकपा एसले पाँच सिटमा दाबी गरे पनि तीन सिटमा सम्झौता गर्ने बुझिएको छ । अध्यक्षमा भने अडान नछाड्ने तयारी एसको छ ।
कांग्रेसको राष्ट्रपति र माओवादीको प्रधानमन्त्री भएकाले नेकपा एसले राष्ट्रिय सभाको अध्यक्ष पाउनुपर्ने दाबी गर्दै आएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया