Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १६ बैशाख २०८१

‘पहिचान स्थापित गराउँदै देश बिकास गर्नेछौँ’ : रेशम चौधरी

‘पहिचान स्थापित गराउँदै देश बिकास गर्नेछौँ’  : रेशम चौधरी

काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थरुहट आन्दोलनको औचित्य समाप्त गर्न बिभिन्न ब्यक्ति र शक्तिहरुले चलखेल गर्न थालेको बताएका छन् । 

शुक्रबार कैलालीमा आयोजित पार्टीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै चौधरीले यस्तो बताएका हुन् । 
‘हामीले सुरु गरेको पहिचानको आन्दोलन, थरुहटको आन्दोलन जस्ले हिजो असफल बनाउन लागि परे । हाम्रा साथिहरुलाई बिभिन्न आरोपना जेलनेल सहन बाध्य बनाए आज उनीहरुले नै फेरि थरुहट आन्दोलनको औचित्य समाप्त गर्न चलखेल गर्दैछन् । रेशम चौधरीलाई र नागरिक उन्मुक्ति पार्टीलाई समाप्त पार्न अनेकौँ हत्कण्डाहरु अपनाउन थालेका छन्’, चौधरीले भने । 
आफुहरु पहिचानको लडाईँमा विगतमा पनि कसैसँग नझुकी नडराई निरन्तर आन्दोलन गरेको स्मरण गराउँदै चौधरीले कार्यकर्तालाई समग्र देशको पहिचान स्थापित गर्दै चौतर्फी बिकासको अभियानमा जुट्न आव्हान गरे । 

‘हिजो थरुहट आन्दोलनको जगमा स्थापित भएको पार्टी हो नागरिक उन्मुक्ति पार्टी, जुन आन्दोलनमा हामीले बन्दुक खायौँ, सत्ता र पहिचान बिरोधीहरुबाट अनेकौँ झुट्टा मुद्दा खेप्यौँ । म र हाम्रा साथिहरु कैदीबन्दी बनाइयो तर हामी डराएनौँ । अब पनि कसैले चलखेल गर्दैमा हामीलाई केही हुनेवाला छैन् । सम्पूर्ण साथिहरु ढुक्क भएर पार्टी र संगठन बिस्तार गर्दै देश बिकासको महाअभियानमा जुट्नुहोस्’, उनले भने । 

राजबन्दीहरुको रिहाइका निम्ती पार्टीले प्रधानमन्त्री तथा सत्ता गठबन्धनका दलहरुसँग निरन्तर छलफल गरिरहेको बताउँदै उनीहरुलाई जतिसक्दो छिटो थुनामुक्त गराउने चौधरीले बताए ।

प्रतिक्रिया