कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका चार सांसद निष्कासित
काठमाडौं– सत्तारुढ एमालेले कर्णाली प्रदेशमा पार्टीको निर्देशन (ह्विप) उल्लंघन गरेर फ्लोर क्रस गर्ने चार जनालाई पार्टी सदस्यता र सांसदसमेतबाट निष्कासन गरेको छ।
एमालेको दसौं महाधिवेशनको जारी बैठकले शुक्रबार उनीहरुलाई निष्कासन गरेको हो। निष्कासित हुनेमा सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अम्बरबहादुर थापा छन्। कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा यी ४ जनाले एमाले संसदीय दलको निर्णयविरुद्ध मत दिएका थिए ।
प्रकाश ज्वाला केन्द्रीय कमिटीमा छन् भने अन्य चार जना प्रदेश कमिटीमा छन्। देवी ओलीले भुलबस फ्लोर क्रस गरेको स्पष्टीकरण गरेपछि उनलाई कारबाही नगरिएको हो।
बैठकमा सहभागी एक नेताले भने, ‘देवी ओलीका बारेमा थप स्पष्टीकरण सोध्ने र बाँकी सबैलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरियो।’ बैठकले निर्णय कार्यान्वयनका लागि कर्णाली प्रदेश सभामा पत्र लेख्ने निर्णय पनि गरेको छ।
बैठकमा कर्ण थापा, गोरख बोगटी लगायतले देवी ओलीमाथि कारबाही गर्न माग गरेका थिए।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
प्रतिक्रिया