Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

रिक्त राष्ट्रिय सभा सदस्यका लागि जेठ ६ गते उपचुनाव हुने

रिक्त राष्ट्रिय सभा सदस्यका लागि जेठ ६ गते उपचुनाव हुने

काठमाडौं-  रिक्त रहेका राष्ट्रिय सभा सदस्यका लागि आउदो जेठ ६ गते उपचुनाव हुने भएको छ । मन्त्रिपरिषद्को ६ वैशाखको निर्णयअनुसार निर्वाचन आयोगले रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रामबहादुर थापा बादल नेकपा एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए ।

आयोगले निर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरुलाई समय दिएको छ । आयोगले भनेको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न सबैसँग आग्रह गरेको छ ।

प्रतिक्रिया