कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै,आज मात्र २४ सय बढी संक्रमित थपिए
काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट १० हजार १ जनाको र एन्टिजेन विधिबाट ४४७ जनाको परीक्षण गरिएको थियो ।
जसमा पीसीआर विधिबाट २३ सय ६५ र एन्टिजेनबाट ६३ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
यही अवधिमा २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालसम्म २ लाख ७६ हजार ३४५ जना निको भएका छन् भने कुल संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । कुल मृतकको संख्या ३ हजार ११७ पुगेको छ ।
नेपालमा हाल १२ हजार ६९० जना सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया