Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

ओलीको अहंकारले लोकतन्त्र र कम्युनिस्ट आन्दोलन धरापमा: माधव नेपाल

ओलीको अहंकारले लोकतन्त्र र कम्युनिस्ट आन्दोलन धरापमा: माधव नेपाल

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार धरहरामाथि पुगिसकेको टिप्पणी गर्नु भएको छ ।

आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाले ओलीको अंहकार र दम्भका कारण लोकन्तन्त्र धरापमा परेको बताउनु भएको छ । ‘ओलीको दम्भ र अहंकार धरहरामाथि पुगिसकेको छ । उनको अहंकारले पार्टीमा संकट सिर्जना भएको छ,” उहाले भन्नु भयो, “लोकतन्त्र र कम्युनिस्ट आन्दोलन ओलीकै कारण धरापमा परेको हो ।”
ओलीले मनपरी गरेको भन्दै उहाले व्यक्तिवाद, गुटवाद, निरकुंश प्रवृत्ति र ओलीको दृष्टिकोणमा खोट रहेको आरोपसमेत लगाउनु भएको छ ।

ओलीलाई पटक–पटक ०७५ जेठ ३ गतेको निर्णयमा फर्कन आग्रह गरेको उहाले बताउनु भयो । ‘पार्टीभित्र ओली अल्पमतमा परेपछि सडकबाट मान्छे उठाएर सदस्य बनाइरहेका छन्,” उहाले भन्नु भयो, “ओलीलाई सुधार्न हामीले धेरै प्रयास गरेका छौँ । तर, उनको अहंकारले सुध्रिएलाजस्तो देखिन्न ।”

ओलीप्रति कटाक्ष गर्दै ‘बालुवाटारको बालुवामा तेल नरहेको’ समेत उहाले टिप्पणी गर्नु भएको छ । 
ओली पार्टीलाई बचाउने पक्षमा नरहेको उहाको भनाइ थियो । साथै ओलीले आफूलाई कारबाही गर्न नसक्ने उहाले उल्लेख गर्नु भएको छ । पार्टी परित्याग गरेको, अर्को पार्टी ज्वाइन गरेको र संसदीय दलले जारी गरेको ह्वीप नमानेको खण्डमा मात्र कारबाही गर्न सकिन्छ भन्दै ओलीले गरेको कारबाही पार्टीको विधान विपरीत भएको नेता नेपाल भनाई छ ।
 

प्रतिक्रिया