Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

गान्धारीको श्राप

गान्धारीको श्राप

गान्धारीको कुरा सुनेर वासुदेव कृष्ण झस्के । गान्धारीबाट त्यस्तो कुरा सुन्नुपर्ला भन्ने सोचेकै थिएनन् । अवस्था नाजुक पाएपछि बचाउ गर्दै भने– ‘माताजी ! तपाईँलाई भ्रम भए जस्तो छ । युद्ध किन भयो तपाईँलाई थाहै छ । युद्ध रोक्न केकति प्रयास गरेँ त्यो पनि थाहा हुनुपर्छ भन्ने ठान्छु । दैवको ईच्छा नै त्यस्तै थियो भने कसको के लाग्दो रहेछ र । रोक्न खोज्दाखोज्दै पनि युद्ध भएरै छाड्यो । युद्ध मैदानमा उत्रनै परेपछि आफूले सकेको गर्छन्, गरेकै हुन्छन् सबैले । यहाँ भएको पनि त्यस्तै हो । कौरवले सकेका भए पाण्डवहरूलाई सिध्याउँथे । पाण्डवले सके कौरवहरू सिद्धिए । यसमा मेरो कुनै दोष थिएन, छैन । फेरि पनि मलाई नै दोषी देख्नुभएको छ भने त्यो तपाईँको दृष्टि दोष हो । यसबाहेक केही होइन ।’ ‘होइन, होइन वासुदेव ! कुरा त्यसो होइन ।’ कडा प्रतिवाद गर्दै गान्धारीले भनिन्– ‘नानाभाँतीका दाउपेच लगाएर युद्ध गरायौ, लाखौँ मानिसको ज्यान लियौ, लिन लगायौ अहिले आएर उम्कन खोज्दै छौ भने तिमीलाई के भनुँ ? अर्जुनले भनेकै थिए युद्ध गर्दिन, आफन्तलाई मारेर राज गर्नु छैन, योभन्दा त सन्यास लिनु उत्तम हो भन्ने कुरा । तिमी नै होइनौ लम्बेतान गीता प्रवचन सुनाएर युद्ध गर्न लगाउने ? विचरा अर्जुनले पछि छोरा अभिमन्युको मृत्युुका बेलामा पनि युद्ध गर्दिन भनेका थिए । त्यतिबेला पनि तिमीले नै नानाभाँतीका तर्क गरी युद्धमा होमिन बाध्य पारेका थियौ । महारथि कर्णलाई जमिन रथ भासिएर असहाय भएका बेलामा समेत छाडेनौ । अर्जुनले निशस्त्र मानिसमाथि हतियार उठाउनु हुन्न भन्दाभन्दै फलाम तातेको बेला हम्मर न नचलाएर कहाँ हुन्छ भन्यौ, हतियार उठाउन लगायौ । सत्यवादी युधिष्ठिरलाई समेत अर्ध सत्य बोल्न लगाएर गुरु द्रोणाचार्यको हत्या गरायौ । फेरि पनि कुन मुखले मेरो कुनै दोष छैन भन्दै छौ ?’ ‘ओ हो ! माताजी ! तपाईँलाई कसरी सम्झाऊँ ।’ लामो सास फेर्दै वासुदेव कृष्णले भने– ‘हो सत्य त्यही हो तर त्यो मात्र होइन । तपाईँले एउटा पाटो मात्र हेर्नुभयो तर त्यस्तो अवस्था किन आयो भन्नेतर्फ ध्यान दिनुभएन । त्यस्तो अवस्थामा पु¥याउने कौरवहरू नै हुन् । उनीहरूकै कारण ती सब भएका हुन् । पाण्डवहरू निमित्त मात्र हुन्, जे भएका छन् कौरवहरूकै कारण भएका छन् । उनीहरूलाई लाने, उनीहरूलाई खाने उनीहरूकै कर्म हो । जे रोपेका थिए त्यही पाए, त्यही खाए । मेरो कुरा गर्नुहुन्छ भने निमित्तसम्म पनि होइन । मेरा लागि कौरव पाण्डव समान छन्, दुवै आफन्त हुन् । सत्य र धर्मको पुजारी हुँ । जसले सत्य र धर्मको बाटो समाएका हुन्छन् उसैको पक्षमा उभिनु मेरो वाध्यता हो । यहाँ पनि भएको त्यही हो ।’ ‘भो, भो यस्ता आदर्शको कुरा तिमीसितै राख ।’ थप कडा हुँदै गान्धारीले भनिन्– ‘यो पनि तिम्रो बहाना मात्र हो । तिमीले युद्ध रोक्न चाहेकै थिएनौ । तिम्रो चिन्ता युद्ध हुन्छ कि भन्ने भन्दा पनि हुँदैन कि भन्नेमा थियो । के मात्र गरेनौ तिमीले युद्ध गराउका लागि, आफू र आफ्ना पक्षलाई विजय गराउनका निम्ति । साम, दाम, दण्ड, भेद सबै प्रयोग ग¥यौ, गरेका थियौ । दर्जनौँ झुटको सहारा लिएका छौ । कतै छल गरेका छौ, कतै कपट गरेका छौ । अर्जुनलाई उक्साएका छौ । भीमसेनलार्ई मत्याएका छौ । महारथि भीष्मलाई समेत छाडेनौ । असमयमा माता कुन्तीको कुरा उठाएर कर्णलाई कमजोर बनायौ । दुर्योधनलाई कमजोर पार्न मैमाथि चिटिङ ग¥यौ । होला आफ्नो स्थानमा तिमीलाई पनि सही छु भन्ने लागेको होला तर आफू सही छु भन्नेले अरुलाई पनि आफ्नो कुरा सही लागेको हुन सक्छ भन्ने सोच्नुपर्छ, सोच्न सक्नुपर्छ तर तिमीले त्यता ध्यान दिएनौ । एउटा पक्षको कुरा सुन्यौ, उसैको पक्ष लियौ, समग्र शक्ति त्यसैमा खन्यायौ । विमति जनाउने जति सबैलाई शत्रु देख्यौ, शत्रुवत व्यवहार ग¥यौ, गर्न लगायौ, गर्न वाध्य पा¥यौ । तिम्रो उद्देश्य विपक्षमा उभिनेलाई सखाप पर्नु थियो । त्यसैमा खेल्यौ, खेल्न लगायौ, खेल्न बाध्य पा¥यौ । वासुदेव ! तिमी अविभावक थियौ, कौरव र पाण्डव दुवै पक्षको । अविभावकले सबैलाई मिलाएर लानुपर्छ, लान सक्नुपर्छ । जस्तोसुकै अवस्थामा पनि सम्झाइ बुझाइ सबैलाई एउटै ढिक्का बनाउनुपर्छ, एकै ठाउँमा उभ्याउनु सक्नुपर्छ । केही अपमानित नै हुनुपरे पनि त्यसलाई समेत सहुनुपर्छ र सकेसम्म उदार हुनुपर्छ, हुन सक्नुपर्छ, हुन सिक्नुपर्छ तर तिमीले त्यतातिर ध्यानै दिएनौ, मेरो गोरुको बाह्रै टक्का भन्यौ, ‘खाए खा न खाए घिच’ जस्तो ग¥यौ । त्यसैले कुलायनलाई साक्षी राखी श्राप दिँदै छु । जसरी तिमीले मेरो कोख रित्तो बनायौ, आफ्नै अगाडि एकएक गरी छोराहरूको हत्या गरायौ त्यसैगरी तिमीले पनि आफ्नै अगाडि समग्र वंश नाश भएको देख्नुपर्नेछ ।’ यति भनेर उनी अर्कोतर्फ फर्केर रुन थालिन् । वासुदेव कृष्ण ‘जो आज्ञा माताजी ! तपाईँको इच्छा यही हो भने त्यस्तै होला’ भन्दै शिविरतिर लागे । समय बित्दै गयो । सायद वासुदेव कृष्णले गान्धारीको श्रापलाई बिर्सी पनि सकेका थिए होलान् तर भाग्यले भने बिर्सेको थिएन । जतिबेला उनी आफ्नै धाम गोलोक प्रस्थान गर्ने तरखर गर्दै थिए गान्धारीको श्राप लाग्यो । उनकै अगाडि समग्र वंश आपसमा काटाकाट गरी सकिए तर उनले एक शब्दसम्म बोल्न सकेनन् । दाजु बलरामले समेत साथ दिन चाहेनन्, सकेनन्, जो सदा हातमा हात र काँधमा काँध मिलाएर हिँड्थे । उनी पावरमा थिए । चाहेका भए जे पनि गर्न सक्थे, सबैलाई मनाउन सक्थे । नमान्नेलाई सम्झाउन सक्थे तर त्यतातिर ध्यान दिएनन् । उल्टै खेलाइ खेलाइ युद्ध गराए, युद्ध गर्दिन भन्नेलाई पनि बलात् युद्धमा होमिन बाध्य बनाए । अन्ततः त्यसैको फल पाए, फल भोग्न बाध्य भए ।

४० प्रतिशत काम अझै बाँकी  धरहरा उद्घाटनमा हतारो:

४० प्रतिशत काम अझै बाँकी धरहरा उद्घाटनमा हतारो:

बाहिरी आवरण हेर्दा लाग्छ, धरहराको पूरै काम सकियो। टुप्पोमा सुनको गजुर सजिएको छ। २० औं तलामा उपत्यका नियाल्न मिल्ने बार्दली बनेको छ। धरहरा सेतो रङ पोतेर चिरिच्याट्ट पारिएको छ। ठाउँठाउँमा झिलिमिली बत्ती राखिएका छन्। तर बाहिरी आवरणमा देखिएझै धरहराको पुनर्निर्माण पूरा सकिएको छैन। बाहिरबाट सिंगो रुप देखिएको धरहराको अझै धेरै काम गर्न बाँकी छ। काम नसकिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते ‘धरहरा बनिसक्यो’ भनेर उद्घाटन गरेका थिए। तर धरहराको ६० प्रतिशत मात्रै काम सकिएको छ। धरहराको पूरा काम सकिन अझै १ वर्ष पर्खनुपर्छ। कोभिडका कारण काम रोकियो भने अझै बढी समय लाग्नेछ।

लकडाउन संगै खाद्यान्नको मूल्य आकासियो, खुद्राले होलसेल देखाउछ, होलसेल ले कम्पनि, मौन छन  प्रशासन र स्थानिय तह

लकडाउन संगै खाद्यान्नको मूल्य आकासियो, खुद्राले होलसेल देखाउछ, होलसेल ले कम्पनि, मौन छन प्रशासन र स्थानिय तह

कोरोना भाइरसको दोस्रो चरणको संक्रमण दिनानुदिन बढ्ने क्रम जारी रहेको बेला सुदुरपश्चिम प्रदेशमा खाद्यान्नको मूल्य अकासिएको छ। सुदुरपश्चिम प्रदेशमा कोरोनाको संक्रमण रोक्न र फैलिन नदिन केहि ठाउँमा लकडाउन वा निषेधाज्ञा भईसकेको र केहिठाउँमा लकडाउन जारी गर्नु पुर्वै व्यापारीहरू खाद्यान्नसहित अन्य दैनिक उपभोग्य सामानको मूल्य बढाएको हो। सुदुरपश्चिम प्रदेशमा पछिल्लो समय संक्रमितको संख्या दिनानुदिन बढिरहेको बेला अत्यावश्यक खाद्य सामानको मूल्यबृद्धि भएको हो। पसल सञ्चालकहरूले होलसेलमै मूल्य बढाएर दिने गरेकाले खुद्रामा मूल्यबृद्धि गरेर बेच्न बाध्य भएको बताउँछन्। बजारमा चामल, चिनी, दाल, चना, मटर, तेललगायतका खाद्यवस्तुमा मूल्यबृद्धि भएको छ।

१० वर्ष बित्दा पनि अलपत्र नयाँ शहर, नेताहरुले साँफेबगरलाई राजनितिक हतियार बनाएको आरोप

१० वर्ष बित्दा पनि अलपत्र नयाँ शहर, नेताहरुले साँफेबगरलाई राजनितिक हतियार बनाएको आरोप

साँफेबगरमा निर्माण हुन थालेको नयाँ शहर आयोजनाको काम सुस्त गतिमा अघि बढेको छ । पटक पटक कार्यालय प्रमुख बदलिनु , राजनैतिक हस्तक्षेप , जिम्मेवार निकायको मौनताले आयोजनाको काम अलपत्र परेको हो ।  ‘बिहबार नयाँ कार्यालय प्रमुख पठाएका छौं । आइतबारसम्म साँफेबगरमा नयाँ कार्यालय प्रमुख पुग्नु हुन्छ ’ नयाँ शहर आयोजनाका निर्देशक रोशन श्रेष्ठले भने ,‘ २०६८ सालबाट काम सुरु भएको हो । बजेट अपुगका कारण धेरै काम गर्न सकिएन । कर्मचारी फेरबदल हुँदा पनि समस्या भइरहेको छ ।’  सरकारले सोचे अनुसार नै गतिविधि बढाउनका लागि दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।