Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

कोरोनाको संक्रमणका कारण अछाममा फेरी एक जनाको मृत्यू

कोरोनाको संक्रमणका कारण अछाममा फेरी एक जनाको मृत्यू

कोरोना भाइरसको संक्रमणका कारण अछाममा फेरी एक जनाको मृत्यु भएको छ ।  जिल्लाको मेल्लेख गाउँपालिका – ७ का ६० वर्षीय पुरुषको शनिबार राती ११ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी देव जोशीले जानकारी दिए ।

बैशाख १६ गते बयालपाटा अस्पतालमा परिक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । श्वास फेर्न गाह्रो भएको र कडा लक्षण देखिएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेशन वार्डमा राखिएको जोशीले बताए । उनका अनुसार पहिलो चरणमा ५ जना र दोस्रो चरणको कोरोना भाइरसको संक्रमणका कारण ३ जना गरी अछाममा ८ जनाको मृत्यु भइसकेको छ  ।

प्रतिक्रिया