Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

अछाममा आइतबार देखि निषेधाज्ञा

अछाममा आइतबार देखि निषेधाज्ञा

बैशाख १७ , अछाम

कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन अछाममा आइतबार राती १२ बजे देखि लागू हुनेगरी निषेधाज्ञा गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय, अछामले शुक्रबार सूचना जारी गरी जेठ २ गतेसम्मका लागि निषेधाज्ञा लागु गर्ने निर्णय गरेको जनाएका छन्।

उक्त समयमा अत्यावश्यक सेवाहरू बाहेकका अन्य सबै सेवा/स्थलहरू आज मिति २०७८/०१ / १९ राति १२ बजेदेखि २०७८/०२/०२ गतेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)बमोजिम यस जिल्लाभरी नगर्न/नगराउन हुन यो निषेधाज्ञा जारी गरिएको छ।

उक्त आदेशको उल्लंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने व्यहोरासमेत सूचित गरिन्छ,” अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ।

प्रतिक्रिया