Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

देशभरिमा सात हजार दुई सय ११ जना संक्रमित थपिए, २७ को मृत्यु

देशभरिमा  सात हजार दुई सय ११ जना संक्रमित थपिए,  २७ को मृत्यु

नेपालमा आइतबार थप सात हजार २११ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको १६ हजार १४७ पीसीआर परीक्षणका क्रममा ७ हजार १ सय ३७ र ६२३ एन्टीजेन परिक्षणका क्रममा ७४ जनामा कोरोना पुष्टि भएको हो । 

योसँगै नेपालमा कोभिड संक्रमितको संख्या तीन लाख ३६ हजार ३० पुगेको छ । त्यस्तै कोभिडका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा तीन हजार तीन सय २५ जनाको कोभिड कारण मृत्यु भएको छ ।

त्यस्तै थप १६ सय १२ जना कोभिडमुक्त हुँदा नेपालमा हालसम्म दुई लाख ८३ हजार ९९४ जनाले कोभिड जितेका छन् । हाल नेपालमा ४८ हजार ७११ संक्रिय संक्रमित आइसोलेशनमा छन् । हालसम्म नेपालमा २५ लाख ४ हजार ४७६ वटा पीसीआर परीक्षण गरेको मन्त्रालयले जनाएको छ । 

 

प्रतिक्रिया