Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

"जोगी जुत्त्या छाराका लागि" -  ८० लाख आउँदा ८० करोडको रोईलो

"जोगी जुत्त्या छाराका लागि" - ८० लाख आउँदा ८० करोडको रोईलो

शुक्रबार सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट यस  प्रदेशका ६ जिल्लामा अक्सिजन प्लान्ट स्थापनाका लागि ८० लाखका दरले रकम बिनियोजन गरेको खबर आयो । खबरसँगै सामाजिक सञ्जालमा सबैका वाल भरिन थाले । एक थरी लेख्न थाले पूर्व उपप्रधानमन्त्री भीम रावलको पहलमा आयो, अर्कोथरी भन्न, लेख्न थाले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद सुवेदीको पहलमा आयो। रकम आउँदै छ भन्नेबित्तिकै भुइँ छाडेर उफ्रिने र नेताकाे जय जयकार गर्ने प्रवृत्तिले अछामी समाजमा  बाल विवाह र छाउपडी प्रथालाई समेत उछिनेको छ ।