Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०६ जेठ २०८१

प्रधानमन्त्रीको संसदमा विश्वासको मत लिने प्रस्ताव असफल : प्रधानमन्त्रीको पद पनि रहेन

प्रधानमन्त्रीको संसदमा विश्वासको मत लिने प्रस्ताव असफल : प्रधानमन्त्रीको पद पनि रहेन

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विश्वास छ भनी राखेको प्रस्ताव संसदको बहुमतबाट असफल भएको छ । प्रस्ताव असफल भएसँगै प्रधानमन्त्रीको पद पनि गएको छ । 

संसदमा २३२ जना सांसद उपस्थित भएका छन् जसमध्ये प्रधानमन्त्रीलाई संसदको विश्वास छ भन्ने प्रस्तावको पक्षमा पक्षमा ९३  मत, विपक्षमा एकसय २४ मत र परेको छ भने १५ सांसदले दुबै पक्षमा छैनौ भनेर तटस्थ बस्ने पक्षमा मत जाहेर गरेका छन् ।  

प्रधानमन्त्रीले यो संसदको विश्वास मसँग छ भनि राखेको प्रस्ताव असफल भएसँगै बैकल्पिक सरकारका लागि मार्ग प्रसस्त भएको छ ।

प्रतिनिधि सभाको अर्को बैठक यही वैशाख ३० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया