Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

कोरोना संक्रमित सांसदले पनि मतदानमा भाग लिन पाउने

कोरोना संक्रमित सांसदले पनि मतदानमा भाग लिन पाउने

प्रतिनिधि सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्दैछन्।

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ।

प्रधानमन्त्रीले आज संसदमा बोल्ने र त्यसपछि विश्वासको मतको प्रस्तावमा मतदान हुनेछ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार कोरोना संक्रमण देखिएका सांसदहरू पनि मतदानमा भाग लिन पाउने व्यवस्था गरिएको छ।

प्रतिनिधि सभा बाहिर टेन्टमा मतदानको व्यवस्था मिलाइएको हो। सांसदहरूलाई हावा जाने खुला स्थानमा बस्ने व्यवस्था मिलाउने तयारी छ।

प्रतिनिधि सभाका २६ सांसदलाई कोरोना देखिएको थियो।

सांसदहरूले प्रधानमन्त्रीमाथि विश्वास छ कि छैन भन्ने मतमा हस्ताक्षर गरेर दिनेछन्। मतपत्रमा हुन्छ र हुन्न तथा मत दिन्न भन्ने व्यवस्था हुनेछ।

प्रतिनिधि सभामा हाल २७१ सांसद छन्। प्रधानमन्त्री ओलीलाई पदमा कायम रहन १३६ मत भए पुग्छ।

तर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले ओलीलाई मत नदिने भनेका छन्। एमालेले ह्वीप जारी गरेको छ तर माधव नेपाल पक्षले मत दिन्छन् कि दिँदैनन् अझै यकिन भइसकेको छैन।

जसपाले पनि तटस्थ बस्ने निर्णय गरेको छ।

प्रतिक्रिया